प्रचण्ड र ओलीबीच साढे दुई घण्टा छलफल



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार साढे दुई घण्टा छलफल भएको छ । छलफलका लागि अध्यक्ष ओली प्रचण्ड निवास खुमलटार पुगेका थिए । दुई शीर्ष नेताबीच विशेषगरी सरकार सञ्चालनका लागि नीति कार्यक्रम के कस्ता बनाउने र कसरी जाने भन्ने विषयमै छलफल केन्द्रीत भएको बताइएको छ ।

सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले गरेको निर्णयलाई कार्यान्वयनको तहसम्म पुराउने बिषयमा पनि छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । सरकारको साझा कार्यक्रमका साथै पदको भागबण्डा लगाएतका बिषयमा छलफल गर्न बिहीबार सत्ता साझेदार दलहरुको बैठक बस्ने र आवश्यक निष्कर्ष निस्कने मल्लले जानकारी दिए । यस्तै, बिहीबार बस्ने बैठकका एजेण्डासमेत तय गरिएको छ । छलफलमा प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि सरकारमा ल्याउने प्रस्ताव ओलीलाई सुनाएका थिए । अध्यक्ष ओली पनि नेकपा एसलाई सरकारमा सहभागी गराउने प्रस्तावमा सकारात्मक रहेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...