एमालेमै फर्किने माधव नेपालको तयारी



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भेट्न एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेत पुगेका छन् । अध्यक्ष नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा नेता बस्नेतले अध्यक्ष नेपाललाई एमालेमै फर्किन आग्रह गरेको बताए। उनले भने, ‘मैले उहाँलाई अब पार्टीमा फर्किन आग्रह गरेको छु । उहाँले सकारात्मक नै हुनुहुन्छ । तर, गठबन्धनबाट प्रचण्ड एक्लै बालकोट पुगेकोप्रति उहाँको चित्तदुखाइ पाए ।’ अध्यक्ष नेपालसँगको भेटवार्तामा नेकपा एसका सचिव मेटमणि चौधरी पनि थिए ।

कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै नछाड्ने अडान कसेपछि प्रचण्ड पाँच दलीय गठबन्धन टुटाएर आइतबार नै एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भइसकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड एक ठाउँमा उभिएपछि अध्यक्ष नेपाललाई पनि फर्काउने प्रयास भइरहेको छ । त्यही बीचमा आज बिहान पनि प्रचण्डले आफू नेतृत्वको सरकारमा आउन अध्यक्ष नेपाललाई आग्रह गरिसकेका छन् ।

सरकारमा मात्रै नभएर एमालेका कतिपय नेताहरूले नेपाललाई पार्टीमा फर्काउने प्रयास गरिरहेका छन् । मङ्गलवार साँझ उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष नेपाल भेट्न कोटेश्वर पुगेका थिए । यसअघि उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पनि नेपाललाई भेटेर एमालेमा फर्किन आग्रह गरेका थिए । सुवास नेम्वाङदेखि महेश बस्नेतसम्मका नेताहरू माधव नेपालसँग संवादमा छन् । अहिले एमाले नेताहरूले ओली र माधव नेपालबीच भेटवार्ताको माहौल बनाउने प्रयास गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...