नेकपा एस ललितपुरका सचिवसहित नेता–कार्यकर्ता एमालेमै फर्किए
नेकपा एकीकृत समाजवादीका ललितपुर जिल्ला कमिटी सचिव सुदर्शन मिश्रसहित जिल्ला कमिटी र ललितपुर महानगर र वडा कमिटीका ३९ जना प्रभावशाली नेता–कार्यकर्ता नेकपा एमालेमा फर्कनुभएको छ । एमाले केन्द्रीय कार्यालयमा आज महासचिव शंकर पोखरेलले मिश्रसहितका नेता कार्यकर्तालाई स्वागत गर्नुभयो