नेकपा एस ललितपुरका सचिवसहित नेता–कार्यकर्ता एमालेमै फर्किए



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका ललितपुर जिल्ला कमिटी सचिव सुदर्शन मिश्रसहित जिल्ला कमिटी र ललितपुर महानगर र वडा कमिटीका ३९ जना प्रभावशाली नेता–कार्यकर्ता नेकपा एमालेमा फर्कनुभएको छ । एमाले केन्द्रीय कार्यालयमा आज महासचिव शंकर पोखरेलले मिश्रसहितका नेता कार्यकर्तालाई स्वागत गर्नुभयो । सो क्रममा उहाँहरुले माधवकुमार नेपालले फैलाएको भ्रमजालमा परेर आफूहरु सो पार्टीतिर गएको र अहिले नेकपा एस र माधव नेपालको बदमासीको साँक्षी बस्नुपरेकोले आफूहरु एमालेमा फर्किएको उहाँहरुले बताउनु भयो । आफूसहित ३९ जनाको समूह लिएर एमाले फर्कनुभएका मिश्रले आफूहरु आत्माआलोचनासहित पार्टीमा फर्किएको पनि बताउनु भयो ।

‘पार्टीभित्रका अन्तरविरोध पार्टीभित्रै बसेर समाधान खोज्नुपर्ने कुरामा विश्वास रहँदा रहँदै पनि विगतमा पार्टीबाट बाहिरिने जुन निर्णय गरेँ, त्यस विचलनका लागि आत्मालोचना गर्छ,’ मिश्रले भन्नुभयो । उहाँले सबै साथीहरूलाई पार्टीमा विना भेदभाव कामको जिम्मेवारी प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो । नेकपा (एमाले) मा फर्कनुहुनेहरूमा जिल्ला कमिटीका सचिवालय सदस्यहरू शालिग्राम मिश्र, राजेन्द्र थापा, ऋषिराज भेटवाल, जिल्ला कमिटी सदस्यहरू माधव बन्जारा, कृष्ण महर्जन, राजन घिमिरे, विष्णु घिमिरे, सानुमैया कार्की, रुद्रबहादुर केसी हुनुहुन्छ ।

त्यसैगरी नेकपा एसका ललितपुर महानगर कमिटीका सदस्यहरू नरेन्द्र चन्द, महेन्द्र मानन्धर, राजमान कायस्थ, राजु मानन्धर, रमेश पोखरेल, शान्ति लामा, वडा कमिटी सदस्यहरू विमला कार्की, शोभा मिश्र, नरेन्द्र तण्डुकार, रामकाजी महर्जन, देवी थापा मगर, सुलोचना गुरुङ, राधा पन्त, राजेश मानन्धर, रमा लामा, हस्तबहादुर पुन हुनुहुन्छ ।

यस्तै राजन घिमिरे, विनोद श्रेष्ठ, देवी लामा, सुरेन्द्र मुल्मी, मनकुमारी लिम्बु, राजिव बानिया, विक्रम घिमिरे, राजन घिमिरे, सञ्जय पोखरेल, कल्पना घिसिङ, विमला खतिवडा र सुमन महर्जन पनि नेकपा (एमाले) मा समाहित हुनु भएको छ । नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य सुशीला नेपाल र केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकारको पनि उपस्थिति रहेको थियो ।

 

 

महासचिव पोखरेलले नवप्रवेशीहरूसमेत सबैलाई एमालेमा एउटै लयमा काम गर्ने वातावरण बन्ने विश्वास दिलाउँदै देशको विकास, निर्माण, समृद्धि र सामाजिक न्याय चाहने सबै बामपन्थी नेता कार्यकर्तालाई नेकपा एमालेमा समाहित हुन आह्वान गर्नुभयो । कार्यक्रममा नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्यले एमालेमा फर्किएका सवै नेता कार्यकर्तालाई गुनासो नरहने गरी पार्टीले व्यवहार गर्ने विश्वास दिलाउँदै योग्यता, क्षमता अनुसारको जिम्मेवारी पाउनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...