युवा संघको महाधिवेशनमा सहमति जुटेन, निर्वाचन प्रक्रिया सुरु



हाम्रो इकोनोमि

 

 

बाँकेको नेपालगन्जमा सुरु नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशन पूर्वनिर्धारित समयमा नसकिने भएको छ । नेतृत्व चयनमा सहमति जुट्ने हुने सम्भावना नभएपछि यो समय लम्बिने भएको हो । सोमवारदेखि शुरु भएको बन्द सत्र मंगलवार राती सकेर निर्वाचनको प्रक्रिया सुरु भएको थियो । रातीसम्मको मनोनयन समय तालिका सार्वजनिक गरिएपनि त्यसअघि प्रकाशित मतदाता नामावलीमा केही प्रतिनिधिको नाम छुटेपछि आज पुनः थपेर मनोनयनको समय थपिएको प्रमुख निर्वाचन अधिकृत ध्रुव बस्यालले बताए । समय अभाव भएको विषय आएपछि अहिले बिहान १२ बजेसम्मलाई मनोनयनको समय थपिएको उनले बताए ।

‘हिजो रातीसम्मको मनोनयन तालिका सार्वजनिक भएकोमा समय अभाव र मतदाता नामावलीमा केहीको छुटेको भएर अहिले बिहान १२ बजेसम्मलाई थपिएको हो । आकांक्षी धेरै भएको र समयतालिका परिवर्तन भएकाले पनि पूर्वनिर्धारित समयमा सकाउन सम्भव छैन’, उनले भने । संघका प्रवक्ता महाराज गुरुङका अनुसार बन्दसत्रमा अध्यक्ष किरण पौडेलले पेश गरेको प्रतिवेदनमाथि प्रतिनिधिले छलफल गरी पास भएको छ । बन्दसत्रमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवम् मोर्चा संगठन इन्चार्ज भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य एवम् युवा संघ इन्चार्ज महेश बस्नेत, केन्द्रीय सदस्य एवम् बाँके इन्चार्ज सूर्य ढकाल लगायतका रहेका थिए ।

महाधिवेशनमा भाग लिन देशभरबाट दुई हजारभन्दा बढी प्रतिनिधि नेपालगञ्ज आएका छन् । नयाँ नेतृत्वको लागि अध्यक्षमा सन्तोष रावल र क्षितिज श्रेष्ठले उम्मेदवारी दिइसकेका छन् । उम्मेदवारी दर्ताको समय बाँकी रहेकाले अहिले नै कति जनाको प्रतिस्पर्धा भन्न नसकिने निर्वाचन समितिले जनाएको छ । एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरूले उद्घाटन सत्र अगाडि नै पुगेर सर्वसम्मतिका लागि पहल गरेपनि आकांक्षी धेरै भएकाले त्यो सम्भव नदेखिएको युवासंघका नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच भेटवार्ता

    प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

४३ अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३.८९ अंक घटेको छ...

बाढीपीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...