बिग्रिएको अर्थतन्त्र बल्ल सुधार भयो : गर्भनर अधिकारी



हाम्रो इकोनोमि

 

 

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले निन्द्रै नलाग्ने अवस्थामा पुगेको अर्थतन्त्रमा सुधार हुँदै गएको बताएका छन् । मंगलबार पत्रकारहरुसँग कुरा गर्दै गभर्नर अधिकारीले गत वर्ष निन्द्रा नलाग्ने गरि बिग्रिएको अर्थतन्त्र सुधार भएको बताए । गर्भनर अधिकारीले भने, ‘अब सुध्रिएको अर्थतन्त्रले भोलिलाई आधारशिला खडा गरेको छ । हामीले चाहिने बेलामा औषधि, खाद्यान्न, निर्माण समाग्री लगायत किन्न सक्ने अवस्थामा पुगेका छौं । अब यो सुधारको संरक्षण गर्नुपर्छ ।’

यद्यपी, तथ्यांकको अंकहरु सुधारिए पनि जनस्तरबाटै अनुभव हुने गरी भने सुधारिन नसकेको उनले स्वीकारे । उनले भने, ‘भरिएर पोखिन थालेको अवस्थामा अनुभव हुने हो । तर हामी भरिएकै अवस्थामा भने छैनौ ।’ उनले नेपालको बैंकलाई सानो तिनो धक्काले पनि कुनै असर नगर्ने बताएका छन् । चालु आर्थिक वर्षको ८ महिनाको तथ्यांकले पनि अधिकांश सूचकमा सुधार देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको फागुनसम्मको आर्थिक स्थितिले महंगी ७.४४ प्रतिशतमा झरेको देखाएको छ । असारसम्म सात प्रतिशतभित्र महंगी नियन्त्रणमा राख्ने केन्द्रीय बैंकको लक्ष्य छ । विप्रेषण(रेमिट्यान्स) आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । विदेशी विनिमय सञ्चिती फागुन मसान्तमा.१४ खर्ब १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । यसले करिब १० महिनाको आयात धान्न सक्ने केन्द्रीय बैंकले भनेको छ ।

 

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...