सुरक्षित खानेपानी तथा सरसफाइ सेवा पुर्याउन अपरिहार्य : मन्त्री यादव
खानेपानीमन्त्री प्रदीप यादवले मुलुकको कुल जनसङ्ख्याको करिव ६६ प्रतिशत शहरी जनसङख्या र बाँकी शहर उन्मुख क्षेत्र रहेको हुँदा परिवर्तित जीवन शैलीका कारणले बढ्दो खानेपानीको मागको चुनौतीलाई व्यवस्थापन गर्दै सुरक्षित खानेपानी तथा सरसफाइ सेवा पुर्याउनु अपरिहार्य रहेको बताउनु भएको छ ।