मधेशमा ५७ प्रतिशत मात्रै धान रोपाइँ
मध्य साउनसम्म पनि मधेश प्रदेशमा ५७.२८ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ । अन्न भण्डारको रुपमा रहेको मधेशमा मध्य मनसुनमै देखिएको खडेरीका कारण धान रोपाइँ हुन नसकेपछि खाद्य सुरक्षाको जोखिम निम्तिन सक्ने विज्ञहरुले अनुमान गरेका छन् ।