नेकपा एसका दुई मन्त्रीले राजीनामा नदिने
नेकपा एकीकृत समाजवादी(एस)का दुई मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । नेकपा एसबाट सरकारमा सहभागी भएका दुई मन्त्रीहरुले राजीनामा नदिने नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनले भने,‘प्रधानमन्त्रीलाई हाम्रो विश्वासको मत छ । हाम्रो मन्त्रीहरुले राजीनामा दिनुहुँदैन ।