भ्रष्टाचार नियन्त्रणका लागि सरकार बनेको प्रधानमन्त्री ओलीको दाबी



हाम्रो इकोनोमि

 

 प्रधानमन्त्री केपी शर्मा ओलीले  यो सरकार नै भ्रष्टाचार नियन्त्रणका लागि बनेको उनको दाबी छ । आज एमालेनिकट खेलकुद विभागको कार्यक्रममा बोल्दै ओलीले यस्तो दावी गरेका हुन् । सरकारले भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी नगर्ने उनले बताए । ओलीले भने, ‘अहिलेको सरकार भ्रष्टचार नियन्त्रणका लागि बनेको हो । भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी गर्न र भ्रष्टाचार छोप्नका लागि होइन । भ्रष्टाचार खोजबिन र कारबाही गर्ने हो । भ्रष्टाचारमा यो सरकारले शून्य सहनशीलता राख्छ । त्यो कुरा समयक्रममा व्यवहारमा देखिँदै जान्छ । सरकारले आग्रहवस कसैलाई फसाउने र कसैलाई जोगाउने कुरा सोच्न पनि नसक्ने ओलीले बताए । उनले थपे, ‘न्याय र कानून सबैका लागि हो । अनुहार र मान्छेको मुख हेरेर कुनै पनि व्यवहार गरिँदैन । कानूनले व्यवहार गर्छ । हामी एउटा सुशासनयुक्त, समृद्ध आधुनिक, सुखी र आनन्दको नेपाल बनाउन चाहन्छौं । उनले लोकतन्त्र अनियन्त्रित नहुने बताए । सनकको भरमा चल्ने प्रवृत्तिले कहीँ नपुर्याउने उनको टिप्पणी छ । लोकतन्त्र एउटा अनुशासिन समाज हो । आज कुनै योगदान नभएकाहरुको दुई चार वर्ष सामाजिक सञ्जालमा तारिफको पुल बनाएर महान बनाउन खोज्ने तथा देश देशका लागि काम गरेकालाई बदनाम गराएर हुर्मत लिन खोज्ने संगठित प्रयासलाई हामीले बुझ्नुपर्छ, ओलीले भने ।

प्रतिक्रिया दिनुहोस
लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...

नयाँ ट्र्याक निर्माणपछि कृष्णभीरमा दुईतर्फ नै सञ्चालनमा

   सडक भास्सिएर काठमाडौँसँग सडक सञ्जाल नै टुटेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा...

असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...