राजनीति

कांग्रेसमा यसरी एक्लिँदै छन सभापति देउवा, गुमाउँदैछन् कांग्रेसको लगाम, तीन भातृसंगठनको निर्वाचनमा देउवापक्षीय प्यानलको दुर्दशा

गत मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसले नराम्रोसँग पराजय व्यहोरेपछि कांग्रेसभित्रैबाट नेतृत्व परिवर्तनको कुरा उठ्यो। यो आवाज यतिसम्म चर्को भयो कि सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाए। यद्यपि सभापति देउवाले कुनै हालतमा नेतृत्व नछाड्ने रणनीति लिए र विभिन्न