मकवानपुरको भीमफेदी सुमो दुर्घटना, ३ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक आज बिहान भएको जिप दुर्घटनामा परी घाइते भएका मध्ये ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएकोमा अस्पतालले तीन जनाको मृत्यु भएको बताएको छ ।

हेटौंडा अस्पतालका चिकित्सकले तीन जनालाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए । मृत्यु हुनेमा २ महिला र १ पुरूष रहेका छन् । मृतकको पहिचान भने खुलेको छैन । दुर्घटनामा ७ जना घाइते भएका छन् । अस्पतालमा उपचाररत उनीहरूको अवस्था मध्यम रहेको डीएसपी काफ्लेले बताए ।

हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो आज बिहान साढे ८ बजेको समयमा त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको डीएसपी काफ्लेले बताए ।

यसअघि २६ कात्तिकमा भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएका थिए । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस
आगामी निर्वाचन सामान्य हुँदैन : एमाले उपाध्यक्ष थापा

    नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)ले आगामी निर्वाचन फासीवादी तथा पपुलिस्ट...

फागुन २१ को चुनावी धक्का अस्थायी हो : वरिष्ठ नेता भण्डारी

    नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष...

आर्थिक हिसाबले देश लगातार अधोगतितर्फ गइरहेको छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले गत वर्षको तोडफोडलाई मान्यता दिनका लागि...

काठमाडौँ-तराई-मधेश द्रुतमार्ग महादेवटार सुरुङको राष्ट्रपति पौडेलबाट ब्रेक थ्रु

    राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत...