देश त लंका बनिसकेछ : गोकुल बास्कोटा
नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश लंका बनिसकेको भन्दै कटाक्ष गरेका छन् । उनले डाँडाभरि लाली गुरास फुलेजस्तै मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेको भन्दै सुनको विवरणमा कटाक्ष गरेका हुन् । उनले भनेका छन्, ‘समृद्धि आएछ, सुशासन त्यहीँबाट आरम्भ हुन्छ ।
उनले जहाँ कंगाल, त्यहीँ चण्डाल भन्ने अवस्था देखिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको पुरानो फेसबुक स्ट्याटसलाई पनि कटाक्ष गरेका छन् ।उनले लेखेका छन्, आजका मिडिया र सामाजिक सन्जाल हेर्दा रमाइलो भो । देश लंका बनिसकेछ, डाँडाभरी लाली गुराँस फुल्ने बेलामा मन्त्रीहरुको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ । समृद्धि आएछ–सुशासन त्यहीँबाट आरम्भ भइहाल्छ । म झनै खुसी किनकि जहाँ कङ्गाल त्यहीँ चण्डाल भन्थे, त्यो दूर भएछ–झिक्कै झिक्कै मया तम्लाई !

