इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै समाप्त पार्ने’ चेतावनी दिएका छन् । सीएनएनका अनुसार, ट्रम्पले पत्रकार सम्मेलनमा यस्तो अभिव्यक्ति दिँदै इरानमाथि सैन्य कारबाहीको सम्भावनालाई पुनः जोड दिएका हुन् ।
ट्रम्पले इरानका सबै पुल, भौतिक पूर्वाधार र ऊर्जा संरचना ध्वस्त पार्न सकिने चेतावनी दोहोर्याउँदै अमेरिका कुनै पनि विकल्प प्रयोग गर्न तयार रहेको बताएका छन् । उनले भोलिसम्म सम्झौता नभए इरान ध्वस्त पार्ने बताए ।

