संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी मागेका छन् । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै लामिछानेले सदियौँदेखिको अन्यायका लागि भन्दै हात जोडेर माफी मागेका हुन् ।

‘गल्ती भयो कि भएन भनेर अन्योल हुँदा खगेन्द्र सुनारले माफी मागे । के खगेन्द्र सुनारमाथि सदियौँदेखि अन्याय हुँदा हामीले माफी माग्यौँ ? उनले भने, यो देशको दलित समुदायलाई मैले आज केही भन्नु छ ।

सरकारका तर्फबाट उनले दलित समुदायसँग पनि माफी मागे । ‘यो सरकार शताब्दियौँदेखि विभेदको, अन्यायको, अत्याचारको, सार्वजनिक र सामुहिक माफी माग्दैछ त्यो पनि यो सदनबाट, उनले भने ।

उनले आजसम्म दलित समुदायले भोगेको विभेद अन्याय नभई संगठित अपराध रहेको उनले बताए । अब कुनै पनि नेपाली जातका आधारमा अपमानित महशुस गर्नेछैन, उनले भने ।

प्रतिक्रिया दिनुहोस
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...

संसदमा रवि लामिछानेले सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका...