होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी



हाम्रो इकोनोमि

 

 

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा हमला भए तेल ढुवानीको जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ पूर्णरुपमा बन्द गरिने बताएको छ ।

इरानका विदेशमन्त्री अब्बास अरघचीले हाल होर्मुज स्ट्रेट बन्द नरहेको तर, अमेरिका र इजरायलको व्यवहारका कारण उक्त माग भएर समुद्री जहाजहरू अवागमनमा हिच्किचाइरहेका बताएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २१ मार्चमा ४८ घण्टाभित्र होर्मुज स्ट्रेट खुला नगरे उसका पावर प्लान्ट नष्ट गरिने चेतावनी दिएका थिए ।

इरानी मिडियामा दिइएको बयानमा आईआरजीसीले भनेको छ, ‘इरानको ऊर्जा स्थलमा हमला भए नष्ट भएका पावर प्लान्टहरूको पुनर्निर्माण नहुँदासम्म होर्मुज स्ट्रेट बन्द गरिने छ ।’

होर्मुज स्ट्रेट इरानसँग जोडिएको छ । यो फारसको खाडी, ओमानको खाडी र अरब सागर (दक्षिण पूर्व) जोडने एक मात्र समुद्री मार्ग हो । यो मार्ग भएर विश्वभर २० प्रतिशत पेट्रोलियम पदार्थ ओसार–पसार हुन्छ । अमेरिका र इजरायलको हमलापछि इरानले यो मार्गमा लगभग नाकाबन्दी गरेको छ । जसका कारण आपूर्ति प्रभावित भएको छ र विश्व बजारमा तेलको मूल्यमा वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...