इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला



हाम्रो इकोनोमि

 

 

 इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि मध्य इजरायललाई लक्षित गरेर थालिएको हमलामा परेर कम्तीमा डेढ सय जना घाइते भएको इजरायली सेनाको रेडियोले पुष्टि गरेको छ ।

यसक्रममा ठूला ठूला भवनहरू क्षतिग्रस्त भएका छन् भने इजरायली ऊर्जा केन्द्रहरूलाई लक्षित गरेर हमला तीब्र पारिएको छ । अमेरिका र इजरायल मिलेर इरानका ऊर्जा तथा तेल खानीहरूमाथि हमला गरेपछि तेहरान जवाफी कारबाहीमा उत्रिएको हो । अल जजीराका अनुसार तेहरानको आक्रमणबाट इजरायलमा ठूला ठूला विष्फोटका आवाज सुनिएका छन् ।

इजरायली सेनाले इरानको दोस्रो हमला जारी रहेको र मिसाइलहरू आकाशमा निष्क्रिय पार्ने प्रयास भइरहेको जनाएको छ । धेरै मानिसलाई अस्पताल भर्ना गरिएको समेत सेनाले जनाएको छ । यसैबीच इरानले यदि आफ्ना ऊर्जा र आणविक केन्द्रहरूमा आक्रमण गरिए अमेरिका र उसका समर्थक देशका ऊर्जा केन्द्रहरूमा जवाफी हमला गर्ने चेतावनी समेत दिएको छ । अमेरिका र इजरायलका ऊर्जा, पानी र सूचना प्रविधिसम्बन्धी केन्द्रहरूमा आक्रमण गर्ने इरानले जवाफ दिएको छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...