रारा घुम्न गएकी सदीक्षाको मृत्यु



हाम्रो इकोनोमि

 

मुगुको रारा क्षेत्र घुम्न आएकी काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार घिमिरेको शुक्रबार बिहान ७:२५ बजे जिल्ला अस्पताल मुगुमा निधन भएको हो ।

घिमिरे चैत ३ गते आफ्ना दुई साथी शिशिर कोइराला (३३) र विशाल सुवेदी (२६) सँग रारा ताल घुम्न मुगु पुगेकी थिइन् । उनीहरू तीनैजना रारा क्षेत्रको सल्लेरीमा रहेको ‘डाँफे’ होटलमा बस्दै आएका थिए ।

भ्रमणकै क्रममा अचानक स्वास्थ्य समस्या देखिएपछि घिमिरेलाई उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएको थियो । तर, उपचारकै क्रममा उनको ज्यान गएको हो । प्रहरीका अनुसार उनलाई लेक लागेको हुन सक्ने प्रारम्भिक अनुमान छ । यद्यपि मृत्युको यथार्थ कारण पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने जिल्ला अस्पताल मुगुका स्वास्थ्य सेवा व्यवस्थापक डा. निर्मल नगरकोटीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...