विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला



हाम्रो इकोनोमि

 

 

अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला इरानले मध्यपूर्वी देशका उर्जा संरचनाहरुलाई लक्षित गर्दै आक्रमण तीब्र पारेको छ । अलजजिराका अनुसार कतार र साउदी अरेबियाका महत्वपूर्ण ऊर्जा पूर्वाधारहरूमा आक्रमण भएको पुष्टि भएको छ ।

साउदी अरेबियाले यी आक्रमणपछि कडा प्रतिक्रिया जनाउँदै क्षेत्रीय सुरक्षा र इरानसँगको कूटनीतिक विश्वास पूर्ण रूपमा कमजोर भएको जनाएको छ । रियादले यस्तो अवस्थाले अब संवादभन्दा टकरावको जोखिम बढाएको चेतावनी दिएको छ ।

ऊर्जा संरचनामा भएको आक्रमणले विश्व बजारमा तेल आपूर्तिमा थप अस्थिरता आउने संकेत देखिएको छ । कतार र साउदी दुवै विश्व ऊर्जा बजारका महत्वपूर्ण आपूर्तिकर्ता भएकाले यसको असर अन्तर्राष्ट्रिय स्तरमै पर्ने विश्लेषण गरिएको छ ।

अमेरिकालाई सैन्य बेस राख्न दिएका कतार,युएई,साउदी अरेबियालगायतका देशमाथि इरानले दबाब सिर्जना गरिरहेको छ । शुरुमा अमेरिकी सैन्य अखडा र हवाइ हड्डाहरुमा लक्षित गरिएको मिसाइल आक्रमा अब उर्जा संरचनामा केन्द्रित भएको छ ।

इरान अब बदलाको भावनाले आक्रामकरुपम अघि बढ्दा मध्यपूर्वमा थप द्धन्द्ध विस्तार हुने देखिएको छ । युद्ध विस्तारसँगै खाडी क्षेत्रका देशहरू प्रत्यक्ष रूपमा प्रभावित हुन थालेका छन् । हालसम्म आक्रमणको क्षति र पूर्ण विवरण सार्वजनिक भइसकेको छैन भने थप घटनाक्रम आउन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसैबीच कतारले आफ्नो प्रमुख ग्यास उत्पादन केन्द्र रास लाफानमा भएको इरानी आक्रमणबाट उल्लेखनीय क्षति पुगेको जनाएको छ । कतारी अधिकारीहरूका अनुसार आक्रमणपछि उक्त ऊर्जा पूर्वाधारमा भौतिक क्षति पुगेको छ, जसले उत्पादन र आपूर्ति प्रणालीमा असर पानछ । रास लाफान विश्वकै महत्वपूर्ण तरल प्राकृतिक ग्यास केन्द्रमध्ये एक मानिन्छ ।

यस घटनापछि कतारले कडा कूटनीतिक प्रतिक्रिया जनाउँदै इरानी दूतावासमा कार्यरत सैन्य र सुरक्षा सम्बन्धी अधिकारीहरूलाई ‘पर्सोना नन ग्राटा’ (अवाञ्छित व्यक्ति) घोषणा गरेको छ । यसको अर्थ उनीहरूले तत्काल कतार छाड्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...