आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी



हाम्रो इकोनोमि

 

 

खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने तयारी गरेको छ । भारतबाट माग अनुसार नै ग्यास आयात भइरहे पनि बजारमा कृत्रिम अभाव देखिएपछि सरकारले आधा सिलिन्डर (७.१ केजी) मात्रै भरेर बिक्री गर्ने योजना बनाएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अनिलकुमार सिन्हाले आधा सिलिन्डरको व्यवस्थाबारे छलफल भइरहेको बताए । उनले भने, सामान्य समयकै अनुपातमा ग्यास आयात भइरहेको छ । तर, बजारमा अभाव बढ्दै गएको देखिएकाले यो समस्या समाधान गर्न आधा सिलिन्डरको व्यवस्था गर्नेछौं । यसबारे मन्त्रालयमा छलफल भइरहेको छ ।

मन्त्रिस्तरीय निर्णय वा नेपाल आयल निगमको सञ्चालक समितिको बैठकबाट यसबारे औपचारिक निर्णय हुने छ । आज साँझ ४ बजे नेपाल आयल निगमको सञ्चालक समितिको बैठक बोलाइएको छ । सम्भवतः यही बैठकले आधा सिलिन्डर भरेर बिक्री गर्ने निर्णय गर्नेछ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले बजारमा ग्यास आपूर्ति सहज बनाउन आधा सिलिन्डरको विकल्पमा छलफल भएको पुष्टि गरे । उनले भने, मन्त्रालय, निगम र अन्य सम्बन्धित निकायसँगको समन्वयमा सञ्चालक समितिले यसबारे निर्णय लिनेछ । आधा सिलिन्डर मात्रै भरेर बजारमा पठाउँदा उपभोक्ताले साविकको मूल्यभन्दा आधा मात्रै भुक्तानी गरे पुग्छ ।

नेपाल आयल निगमका अनुसार हाल देशभर करिब १ करोड ५० लाख ग्यास सिलिन्डर रहेका छन् । हाल १४/२ केजीको सिलिन्डर बिक्री हुँदै आएकोमा नयाँ निर्णयपछि ७/१ केजी ग्यास भरेर बजारमा पठाइनेछ ।

उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चय (स्टक) गरेका कारण बजारमा अभाव देखिएको निगमको बुझाइ छ । ग्यास अन्य वस्तुजस्तो लामो समय थुपारेर राख्न नमिल्ने र आधा सिलिन्डर मात्र वितरण गर्दा धेरै उपभोक्तासम्म पुग्ने भएकाले अभाव हट्ने निष्कर्ष निगमले निकालेको हो ।

बजार अनुगमन गर्ने वाणिज्य विभागले पनि तत्कालको समस्या समाधानका लागि आधा सिलिन्डरकै नीति लिन निगमलाई राय दिएको छ । निगमले निर्देशन दिएपछि ग्यास उद्योगहरूले अनिवार्य रूपमा सोही बमोजिम उत्पादन गर्नुपर्नेछ। यद्यपि, आधा सिलिन्डर भर्दा उद्योगहरूको सञ्चालन खर्च (अपरेसन कस्ट) भने दोब्बर हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...