नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् भनेका छन् । मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणका विषयलाई लिएर ओलीले यस्तो कामना गरेका हुन् ।

मध्यपूर्वमा भएका लाखौँ नेपाली आपत र कोलाहलमा भएकाले उनीहरुका परिवार पलपल छट्पटाएर बस्नु परेको अध्यक्ष ओलीको भनाइ छ । ‘मध्यपूर्वी देशहरु माथीको आकाशबाट बर्सिएका मिसाइलको धुवाँको दृष्यले आज निद्रा परेको छैन । ती देशमा लाखौँ नेपाली आपत र कोलाहलमा छन्, अध्यक्ष ओलीले लेखेका छन्, ‘तिनका परिवारले यहाँ पलपल छट्पटाएर बस्नु परेको छ ।

अवसर छनौटकाल लागि खुला विश्वमा आज संसारका नागरिक संसारैभरी आउनु जानु स्वभाविक भएको अध्यक्ष ओलीको भनाइ छ । ‘अस्वाभाविक र खतरनाक त कुरा युद्ध र भूराजनीतिक चपेटा हो, अध्यक्ष ओलीले लेखेका छन्, ‘ती देशहरु पनि पक्कै युद्ध चाहदैँन थिए । तर शक्तिको स्वार्थ घुसेपछि विवश हुनुपर्ने ।

अध्यक्ष ओलीले नेपालमा अहिलेसम्म सौभाग्यवश मिसाइलको धुँवा भोग्नु नपरेको उल्लेख गरेका छन् । ओलीले सबैलाई सजगता र धैर्यता लिन आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...