इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी



हाम्रो इकोनोमि

 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ’ मा गरिएको एक पोस्टमा ट्रम्पले लेखेका छन्– ‘इतिहासका सबैभन्दा क्रूर व्यक्तिहरूमध्ये एक मानिएका अली खामेनी मारिएका छन्। यो केवल इरानका जनताका लागि मात्र न्याय होइन, तर ती देशका जनताका लागि पनि न्याय हो, जसलाई खामेनी र उनको रक्तपातपूर्ण समूहले मारिदिएको थियो ।

इजरायलले २८ फेब्रुअरीमा इरानको राजधानी तेहरानसहित विभिन्न सहरहरूमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति वार रुममा बसेर इरानमाथि भएका एयरस्ट्राइकको निगरानी गरिरहेका थिए ।  इजरायलले इरानमाथिका आक्रमणको कोडनेम ‘लायन रोर’ राखेको छ। अमेरिकाले यसलाई ‘अपरेशन एपिक फ्युरी’ नाम दिएको छ। इरानको सेनाले जवाफी कारबाहीलाई ‘खतम–ए–तूफान’ नाम दिएको छ ।

रायटर्सले पनि इजरायली अधिकारीहरूको हवाला दिँदै इरानका सर्वोच्च नेताको मृत्यु भएको दाबी गरेको छ। वक्तव्यअनुसार एयरस्ट्राइकपछि बाँकी रहेको भग्नावशेषमुनि खामेनीको शव फेला परेको बताइएको छ।

यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि खामेनेई मारिएको संकेत देखिएको बताएका थिए। तर उनले यसको कुनै प्रमाण प्रस्तुत गरेका थिएनन् । अर्कोतर्फ इरानका विदेशमन्त्री अब्बास अराघ्चीले सर्वोच्च नेता जीवित रहेको बताएका छन्। उनका अनुसार उनी सुरक्षित स्थानमा छन् ।

इरानको रेड क्रिसेन्ट सोसाइटीका अनुसार अमेरिका र इजरायलका आक्रमणमा २०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने ७४० भन्दा बढी घाइते भएका छन् । ८६ वर्षीय खामेनी इरानका कमाण्डर–इन–चीफ हुन् । सबै राजनीतिक तथा धार्मिक मामिलामा उनको निर्णय अन्तिम हुन्छ। इस्लामिक गणतन्त्रको सुरक्षा गर्ने इरानको अर्धसैनिक बल ‘रिभोल्युसनरी गार्ड’ सिधै उनलाई जवाफदेही हुन्छ।

१९८९ मा इस्लामिक गणतन्त्र इरानका संस्थापक रुहोल्लाह खोमेनीको मृत्यु भएपछि खामेनी सर्वोच्च नेता बनेका थिए । १९७९ को क्रान्तिमा शाह मोहम्मद रजा पहलवीलाई सत्ताबाट हटाउने आन्दोलनमा खामेनीको महत्वपूर्ण भूमिका थियो ।

शनिबार भएका आक्रमणमध्ये एक आक्रमण खामेनीको कार्यालय नजिकै भएको थियो । तर त्यस समयमा उनी कहाँ थिए भन्ने कुरा स्पष्ट हुन सकेन। उनी केही दिनदेखि सार्वजनिक रूपमा देखिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...