वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना



हाम्रो इकोनोमि

 

 

काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि निर्माण भएका पूर्वाधारमा गुणात्मक सुधार गर्न आफ्नो ध्यान केन्द्रीत हुने बताएका छन्  । बिहीबार घरदैलोका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले बाटाघाटो, ढल, खानेपानी, स्वास्थ्य लगायतका क्षेत्रको पूर्वाधार यसअघि नै निर्माण भइसकेको भन्दै अव उक्त पूर्वाधारको सुधार गर्न आफ्नो ध्यान केन्द्रीत हुने बताएका हुन् ।

निर्वाचनका सन्दर्भमा पार्टीले घोषणा गरेक राष्ट्रिय तहका केही मुद्दाहरूका साथै स्थानीय मुद्दाहरू प्राथमिकतामा रहेको उनको भनाइ छ । भट्टराईले मुलुकमा केहि हुँदैन भन्ने भाष्य र युवाहरुको असन्तुष्टिलाई सम्बोधन हुने गरि युवा स्वरोजगारका कार्यक्रमहरु अघि बढाउने उल्लेख गरे ।

रोजगारी सिर्जना गर्नका लागि लगानीमैत्री वातावरण, स्वदेशी लगानीको वृद्धि, वैदेशिक लगानी भित्र्याउनका लागि पनि नीति निर्माणको तहमा अत्यन्त आकर्षक प्याकेजहरु बनाइने उनले बताए । भट्टराईले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्दै सहज रुपमा जनताको काम हुने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...