राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं



हाम्रो इकोनोमि

 

 

राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज थुनामुक्त भएका छन् । उनलाई बन्दी प्रत्यक्षीकरणको रिटमा हिजो सर्वोच्च अदालतले थुनामुक्त गर्ने आदेश दिएको थियो । निर्वाचन आयोगले चुनाव भाँड्ने गतिविधि गरेको भन्दै प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।

चुनावसम्म थुनाभित्रै राख्ने सरकारको रणनीति भए पनि अदालतले भने फेरि एकपटक प्रसाईंको पक्षमा आदेश गरेको छ । आदेश हिजो आए पनि प्रक्रिया पूरा गरेर प्रसाईं आज निस्किएका हुन् । बाहिरिनासाथ उनले युट्यूवर भेला गराएर आफ्नै शैलीमा भाषण दिँदै देश युक्रेनको बाटोमा गएको बताए । आफू अहिले रुन मात्रै नसकेको उनको भनाइ थियो ।

प्रसाईंले भने, ‘यो चुनाव भएको दिनदेखि देश युक्रेनको बाटोमा गयो । यो कुरा भन्नुपर्दाखेरि मेरो हृदय फुटेको छ । म रुन मात्रै सकेको छैन । मेरो आँखाबाट आँसु हत्तपत्ति झर्दैन र मात्रै । युक्रेनको बाटोमा लानलाई नेपाली सेना किन उद्यत हुँदैछ ? किन चुनाव हुनुभन्दा एक महिना अगाडिदेखि निस्किँदैछ सडकमा ?’

आफूले चुनाव हुँदैन भन्दा पक्राउ गरेर थुनिएको तर अहिले राजाले नै चुनाव हुँदैन भनेर सार्वजनिक अभिव्यक्ति दिएको उनले बताए । ‘मलाई थुन्ने ठाउँमा मैले श्रीमानलाई पनि भनेँ, राजाले पनि चुनाव गर्नु हुँदैन भनेर भन्नुभयो, राजसी शैलीमा । चुनाव गर्नु हुँदैन भन्दा मलाई ल्याएर थुन्नुभयो । राजालाई पनि ल्याएर थुन्नुस् । दम छ ओम प्रकाश अर्याल ? दम छ सुशीला कार्की ? अनि दम छ त्यो, त्यो काठमाडौँको सिडिओको ? के लोकतन्त्रमा बोल्न पाइँदैन ?

उनले राजा स्वयम् अब सडकमा उत्रिन सक्ने भन्दै पक्राउ गरेर देखाउन चुनौति दिए । ‘राजाका अगाडि बाबाको दुहाइ भन्छन् । अब राजाले पनि हिम्मत गर्नुपर्छ । मैले राजा पनि अब बाटोमा निस्किने कुरा सुनेको छु । राजा बाटोमा निस्किँदाखेरि नि, विदेशी सेना आयो भन्न सक्दिनँ, होइन भने नेपाली सेना, नेपाली पुलिस र जनताले दरवारभित्र लगेर गद्दीमा राखेर सलाम गर्छन्, उनले भने ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...