म जनताको सेवक बन्न आएको हुँ : महेश बस्नेत



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का सचिव एवं भक्तपुर क्षेत्र नं–२ का प्रतिनिधि सभा उम्मेदवार महेश बस्नेतले फागुन २१ ग्ते हुने प्रतिनिधिसभा निर्वाचनमा शासक बन्न नभई जनताको सेवक बन्नका लागि जनतामाझ आएको बताउनु भएको छ । नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी गठ्ठाघरले मंगलबार आयोजना गरेको घरदैलो कार्यक्रममा उहाँले जनता माझ आफू सेवक बन्नका लागि आएको बताउनु भएको हो ।

मतदातामाझ मत माग्दै नेता बस्नेतले भन्नुभयो, ‘२०७४ सालको निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ का तपाई मतदाताहरुले मलाई मत दिएर विजयी गराउनु भयो, भक्तपुरमा पहिलो पटक विकासको आधिबेहरी ल्याएँ, बाटो नपुगेको ठाउँमा नयाँ बाटो बने, पुराना बाटो भएका ठाउँमा पक्कि बनाएँ, सबै खोलामा पुल बनाए, मठ मन्दिर, सम्पदा पुर्ननिर्माण भए, भूकम्पले भत्किएका विद्यालयहरु प्ुर्न निर्माण गरायौ, म पदमै नहुँदा पनि भूकम्पबाट घरबार बिहिन भएकाहरुलाई छतको व्यबस्था गरे, अहिले पनि म त्यसैगरि जनताको सेवा गर्न आएको हुँ, शासक बन्न होईन ।

महाभूकम्पले घरबार बिहिनहरुलाई लत्ता, कपडा, ओढ्ने ओछ्याउने, खाद्यान्नदेखि हजारौ जस्ताको टहरा बनाएर छतको व्यबस्था गरेको स्मरण गर्दै उहाँले जनताको सेवाबाट आफू कहिल्य नभाग्ने र बिना स्वार्थ जनताको सेवामा आफ्नो जीवन समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले २०७४ देखि २०७९ सम्म आफू सांसद हँुदा गरेको विकासमा अझै अधूरा काम गर्न बाँकी रहेको स्मरण गर्दै उहाँले विगत तीन वर्षसम्म रिक्त भएको भक्तपुरको विकासलाई पूर्णता दिने मतदातामाझ प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले अब भौतिक पूर्वाधारको विकाससंगै सीप नभएकालाई सीप दिएर रोजगारीसंग जोड्ने, पर्यटनलाई रा्जगारीसंग जोड्ने र शिक्षितहरुलाई शिक्षा अनुसारको रोजगारीमा आबद्धता गराउन आफूले सक्दो पहल गर्ने उहाँले बताउनुभयो ।

भक्तपुरले आईतबार नेकपा एमाले भक्तपुरको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
पार्टी कार्यालय सूर्यविनायकमा आयोजना गरेको प्रतिबद्धता सार्वजनिकिकरण कार्यक्रममा नेकपा (एमाले) का सचिव एवं भक्तपुर क्षेत्र नं–२ का प्रतिनिधि सभा उम्मेदवार महेश बस्नेत, क्षेत्र नं. १ का उम्मेदवार सोम मिश्र, नेकपा एमाले जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष किरण थापा, प्रचार विभाग प्रमुख, दुबै क्षेत्रका निर्वाचन परिचालन समितिका पदाधिकारीलगायतले संयुक्त रुपमा प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको हो ।

एमाले सचिव बस्नेतले प्रतिवद्धता पत्रमा भन्नुभएको छ की, ‘हामी र हाम्रा कार्यक्रम पार्टीमुखी होइनन्, जनमुखी छन् । भक्तपुर क्षेत्र नं–२ का जनतामा म विकासप्रेमी, कर्मशील, निडर र साझाा उम्मेदवारको रूपमा आएको बताउदै विगत तीन वर्षमा भक्तपुरले भोगेको रिक्ततालाई अब पुरा गर्ने बताउनुभयो ।
प्रतिबद्धता पत्रमा पूर्वाधार, रोजगार, पर्यटन, स्वास्थ्य र शिक्षालाई केन्द्रविन्दुमा राखेर आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको हो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई भक्तपुरबाट पूरा गर्ने उद्घोण गर्दै एमाले सचिव एवं भक्तपुर क्षेत्र नं. २ का उम्मदवार महेश बस्नेतले विगतको कार्यकालमा एमालेले सुरु गरेर पूर्वाधार विकासका धेरै आयोजनाहरु प्ुरा गरेको बताउदै अब अधुरा योजनालाई पूर्णता दिने प्रतिबद्धतासहित पूर्वाधार, रोजगार, पर्यटन, स्वास्थ्य र शिक्षाको थप विकासलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

भक्तपुरलाई विकासको मानक बनाउने दाबी गर्दै यसपटक वीर अस्पताललाई भक्तपुरमा स्थानान्तरण गर्ने देखि मध्यपुरथिमिमा रात्रीकालीन बजार सञ्चालन गर्ने, ख्वप विश्व विद्यालयलाई साँस्कृति विश्व विद्यालयको रुपमा विकास गर्ने, देशकै जेठो भक्तपुरमा चिकित्सा अध्ययन प्रतिष्ठान स्थापना गर्ने पहल गर्ने, सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रूपमा विकास गर्ने र नेपाल–कोरिया मैत्री अस्पतालको स्तरोन्नति गर्ने, भक्तपुर र मध्यपुरथिमि नगर क्षेत्रमा रात्रीकालिन पर्यटने विकास गर्ने, भक्तपुरका डाँडाहरूलाई समेटेर विशेष पर्यटकीय प्याकेज ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
यसअघि सांसद हुँदा र मन्त्री हुँदा भक्तपुरको सडक, पुल, भूकम्पले भत्किएका विद्यालय भवन पुननिर्माण, सम्पदा पुर्ननिर्माण विकास एवं विस्तार गरेको, सूर्यविनायक–धुलिखेल सडक निर्माण सम्पन्न गराउन पहल गर्नेदेखि युवाको सीप र सोचाईलाई रोजगारीसंग जोडेर लैजाने जस्ता बिभिन्न कार्यक्रमहरु सार्वजनिक गर्नुभएको छ ।

पेप्सीकोला–सानोथिमि–सल्लाघारी सडक विस्तार, अरनिको राजमार्गको सौन्दर्यीकरण र कोटेश्वरको ट्राफिक जाम कम गर्न जडिबुटी–मनोहरा करिडोरमा बेलब्रिज सञ्चालनलाई प्राथमिकतामा राखिएको, भक्तपुरको खानेपानी समस्या समाधान गर्न ‘एक घर एक धारा’ अभियानलाई निरन्तरता दिने प्रतिवद्धता पत्रमा उल्लेख गर्दै यसका लागि ‘वाटर बैंकिङ’ को अवधारणा कार्यान्वयन गर्ने र स्मार्ट ट्वाइलेटहरू निर्माण गर्ने नयाँ योजना अघि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस
७४ लाख सहकारी पीडितबारे रबि किन मौन : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इटहरीमा...

ठाकुर गैरेको चुनावी प्रतिबद्धता सार्वजनिक

    प्रतिनिधि सभा निर्वाचन–२०८१ का लागि पाल्पा क्षेत्र नम्बर २ बाट उम्मेदवार...

मतदाता र शुभेच्छुकको अपार मायाले यो पटक चुनाव जित्छु : राजन भट्टराई

    नेकपा एमालेका केन्द्रिय सचिव एवं काठमाडौं-४ का  उम्मेदवार डा. भट्टराईले आफ्नो...

दाङमा यस्ता छन् शंकर पोखरेलका योजना

    नेकपा एमालेका महासचिव तथा दाङको क्षेत्र नं २ का उम्मेदवार शङ्कर...