दाङमा यस्ता छन् शंकर पोखरेलका योजना



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव तथा दाङको क्षेत्र नं २ का उम्मेदवार शङ्कर पोखरेलले दाङलाई शैक्षिक तथा प्रविधिक हबको रूपमा विकास गर्ने अभियान तीव्र गतिमा अगाडि बढिरहेको बताएका छन् । उनले दाङको समग्र विकास कुनै एक दलको मात्र एजेन्डा नभई सम्पूर्ण जिल्लाबासीको साझा हितको विषय भएको जनाएका छन् ।

लामो समयदेखि अलपत्र परेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ् अध्ययन संस्थान घोराही क्याम्पस को निर्माण प्रक्रिया अहिले तदारुकताका साथ अघि बढाइएको उनको भनाइ छ । ३० करोड रुपैयाँ स्रोत सुनिश्चित गरेपछि २०८२ साल वैशाख २३ गते बोलपत्र आह्वान गरिएको र २०८२ साल माघ ८ गते २० करोड ८७ लाख ४० हजार २२१ रुपैयाँमा निर्माण सम्झौता भएको उनले जानकारी दिए ।

पोखरेलले २०८४ सालभित्र निर्माण सम्पन्न गरी कम्प्युटर इन्जिनियरिङ् कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको उल्लेख गर्दै अत्याधुनिक क्याम्पसले दाङलाई सूचना प्रविधिको केन्द्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन् । यो परियोजनाले दाङलाई ‘ब्याङ्लोर मोडल’ अनुरूप नेपाली ‘सिलिकन भ्याली’ अर्थात् ‘दाङ भ्याली’का रूपमा विकास गर्ने आधार तयार गर्ने उनको भनाइ छ ।

‘जिल्ला अगाडि बढ्नु कुनै दल विशेषको हितको कुरा होइन, यो समग्र जिल्लाबासीको भविष्यसँग जोडिएको विषय हो,’ उनले भनेका छन् । पोखरेलले दाङलाई शिक्षा, प्रविधि र नवप्रवर्तनको केन्द्र बनाउने दीर्घकालीन सोचसहित काम भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
मतदाता र शुभेच्छुकको अपार मायाले यो पटक चुनाव जित्छु : राजन भट्टराई

    नेकपा एमालेका केन्द्रिय सचिव एवं काठमाडौं-४ का  उम्मेदवार डा. भट्टराईले आफ्नो...

एमालेले प्रत्येक मतदान केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित...

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...

बुथ कब्जा गर्ने कल्पना कसैले नगरे हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीप्रति प्रश्न उठाउने ठाउँ नै नभएको...