मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो बन्ने जिकिर गरेका छन् । सोमबार झापा–५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले जति पटक आफूले सरकार छाड्यो त्यतिबेला देशमा कुनै काम नहुने बताए ।

आफूले सरकारको नेतृत्व गर्नासाथ व्यापक काम हुने र त्यो देशेपछि विरोधीहरू थर्कमान हुने ओलीको जिकिर छ । मैले काम गर्न थाल्छु, काम व्यापक भएको देखेपछि विरोधीहरू थर्कमान हुन्छन् । भूमिगत गिरोह पनि थर्कमान हुन्छ, ओलीले भने, ‘त्यो काम रोक्नका लागि मलाई सरकारबाट हटाउने रे । काम रोकिन्छ, काम बन्द हुन्छ, फेरि म आउन पर्छ ।

उनले थप व्याख्या गर्दै भने, अनि म फेरि सरकारको नेतृत्वमा फर्कन्छु, काम अघि बढ्छ । मलाई सरकारबाट हटाएपछि ड्राइभरबिनाको गाडिजस्तो हुन्छ देश । म सरकारमा आउनेबित्तिकै देश कुद्छ । मैले सरकार छाडेपछि देश जहाँको त्यहीँ बस्छ । केही हुनेवाला छैन ।’

कतिपयले आफूलाई किन उम्मेदवार बन्नुभएको ? भनेर प्रश्न गरेको बताउँदै अधुरा काम पूरा गर्नका लागि भएको बताए । कतिपयले मलाई सोध्ने गर्छन्, तपाईंले धेरै काम गर्नुभएको छ, यति धेरै विकास गर्नुभएको छ, अब फेरि किन उम्मेदवार हुन पर्‍यो र ? काम धेरै भएको छ, तर अझै धेरै गर्नुपर्ने छ । अधुरा काम गर्नुपर्ने छ । त्यसकारण हो,’ ओलीले जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...