टिकट वितरणमा आर्थिक चलखेल भएको भन्दै रास्वपा मधेश प्रदेश सभापतिको राजीनामा



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेशकी संस्थापक सभापति ममता शर्माले राजीनामा दिएकी छिन् । उनले रास्वपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने भन्ने मूल नाराले प्रेरित भएर पार्टीमा आवद्ध भएकी थिएँ । तर फागुन २१ गतेको निर्वाचनमा पार्टीले अवलम्बन गरेको पदति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरित भएको पाएँ ।

उनले रास्वपामा दिनरात खटिएका क्षमतवान सदस्यहरुको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलाप भएको आरोप लगाएकी छन् । रास्वपामा आर्थिक अनियमितताबाट पार्टीका निर्णय भएकाले यस्तोमा साक्षी बसेर मौन रहिरहन नसकेको भन्दै राजीनामा दिएको बताएकी छन् ।

आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएको पाएपछि आत्मसम्मान र राजनीतिक मूल्यमाति नै आँच आउने परिस्थिति बन्यो, उनले भनेकी छन्, यी सबै क्रियाकलापहरुको साक्षी बसेर मौन रहिरहन असमर्थ भएकाले राजीनामा दिएकी छु । उनी बाराकी हुन् । पार्टी प्रवक्ता मनिष झा र अमरेश सिंहको मिलेमतोमा रवि लामिछानेले पैसामा टिकट अर्कैलाई बाँडेपछि उनी असन्तुष्ट भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...