एमाले उम्मेदवार महेश बस्नेतलाई नगदेशवासीले भने : भक्तपुर नदेखेको, नटेकेको र भक्तपुर नबुझेको व्यक्तिलाई भोट दिदैनौ



हाम्रो इकोनोमि

 

मध्यपुरथिमि नगरपालिका वडा नं. ७ नगदेशको परम्परागत शैलीमा निर्माण भएको आकर्षक गेट । दिउँसो तीनबजेदेखिनै स्थानीयले हातमा माला, खादा, र अबिर बोकेर विकासप्रेमी नेता आउँदैछन् भन्दै पर्खिबसेको देखिन्थ्यो । स्थानीय महिला पुरुषहरुघरदैलो अभियान मार्फत जनताको घरटोल पुगेर भोट माग्न निस्किनु भएका बस्नेत गेट पुग्ने बित्तिकै स्थानीय महिला पुरुषले भव्य स्वागत गरे । त्यसपछि सुरु भयो नगदेशको घरदैलो अभियान ।

नगदेशमा कतै चौम्सुर पालुङो त कतै सलगम मुला, कतै साग त कतै धनियाँ, कतै हरियो प्याज त कतै हरिया लसुन केलाउन, बजार लाने व्यबस्था गर्न धेरै किसान व्यबस्त देखिन्थे । जब महेश बस्नेत कार्यकर्तासंगै घरदैलोमा पुगे तब प्रफुल्लित किसानहरुले गर्दै गरेको काम छाडेर भेट्न, आफ्ना कुरा सुनाउने गरेका थिए । देश बचाउनका लागि भए पनि महेश बस्नेतलाई मतदान गर्ने स्थानीयले प्रतिबद्धता गरे ।

स्थानीयले पक्कि सडक, खानेपानी र किसानका लागि आवश्यक सहुलियत अब बन्ने सरकारले व्यबस्थापन गर्नुपर्ने सुनाए । नेता बस्नेतले आफू अधूरा काम सम्पन्न गर्न फेरी एक पटक जनताको घरदैलोमा आएको सुनाउनु भयो ।

नगदेशवासीले चुनाब अगाडि भक्तपुर नदेखेको, भक्तपुर नटेकेको र भक्तपुर नबुझेको व्यक्तिलाई मतदान गरेर मतलाई खेर नफाल्ने प्रतिबद्धता व्यक्त गरे । उम्मेदवार बस्नेतलाई नगदेशका मतदाताले देश विकास र संकटलाई पार लाउँन एक पटक महेश बस्नेतलाई नै मतदान गर्ने बताए ।

मतदातासंग कुरा गर्दै उम्मेदवार एवं नेता महेश बस्नेतले गतवर्ष आफ्नाबारेमा भ्रम फैलाईएको तर यस वर्ष भ्रम फैलाएपनि त्यसलाई जनताले विश्वास नगरी मतदान गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो । उहाँले मतदाताले यसवर्ष भोट हाल्ने प्रतिबद्धत मात्रै नभई हौसला पनि प्रदान गरेकाले २०७४ कै परिणामलाई हात पार्ने बताउनुभयो ।

अबको निर्वाचनमा नेकपा एमालेको बहुमत तहमा पुगेको छ । विशेष गरेर अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेल र नेपाललाई युद्धभूमि बनाउने षडयन्त्रको बिरुद्ध ०८४ मा हुनु पर्ने चुनाबलाई ०८२ मा ल्याउन देशको शासन चाहने, शान्ति चाहने, राष्ट्रवादी, जनवादी, लोकतन्त्रवादी , प्रगतिवादी विकासप्रम् िर शुसासन चाहनु पर्छ भनेर एमाले सशक्त ढंगले चुनाबमा अगाडि बढेको छ । नेपाली जनतालाई अन्तर्राष्ट्रिय शक्तिको हस्तक्षेपलाई चिनाउन र ुझाउन आवश्यक भने रहेको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...