देश बनाउने शक्ति एमाले हो : ईश्वर पोखरेल



हाम्रो इकोनोमि

 

 

काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा (एमाले)का उम्मेदवार ईश्वर पोखरेलले चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्र पार्नुभएको छ । नेता पोखरेलले घरदैलोका क्रममा टोलटोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्नुहुँदै आफ्ना योजना सुनाइरहनुभएको छ । टोखामा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पोखरेलले एमाले देश बनाउने शक्ति भएको उल्लेख गर्दै पार्टीले सधैं देश निर्माणका लागि काम गर्दै आइरहेको बताउनुभयो ।

एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन,” पोखरेलले भन्नुभयो । नेता पोखरेलले एमालेलाई विजयी गराउन सबै कार्यकर्ता तथा समर्थकलाई जनताको बीचमा पुगेर पार्टीका एजेन्डा राख्न अनुरोध पनि गर्नुभयो । साथै, उहाँले जनताका गुनासा, आलोचना र समस्याहरू सुन्ने र समाधानतर्फ लाग्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

नेता पोखरेलले फरक परिस्थितिमा हुन लागेको यो निर्वाचनमा देशलाई सही ट्याकमा ल्याउनैका लागि देशभर एमालेको जित आवश्यक रहेको औँल्याउनुभयो । घरदैलोका क्रममा नेता पोखरेलले २१ फागुनमा हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै यस क्षेत्रका लागि आफूले तयार पारेका विकासका योजनाहरू जनतासमक्ष प्रस्तुत गरिरहनुभएको छ । काठमाडौं क्षेत्र नम्बर ५ लाई नमूना क्षेत्र बनाउने प्रतिबद्धतासहित पोखरेल मत माग्न व्यस्त हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...