बागमती प्रदेशमा एमालेले १८ सीट जित्ने कैलाश ढुंगेलको दावी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले फागुन २१ को चुनावमा बागमतीका ३३ मध्ये कम्तीमा १८ सीट जित्ने लक्ष्य सुनिश्चित भएको दावी गरेका छन् । चुनावी अभियानक्रममा उम्मेदवार माधव ढुंगेलसहितको टोली लिएर रामेछापमा घरदैलो गरिरहेका अध्यक्ष ढुंगेलले बागमतीमा ३३ सीटमध्ये १८ सीट जित्ने दावी गरे । उनले थप २ सीटमा कडा प्रतिस्पर्धा रहेकाले २० सीटसम्म पुग्न सक्ने दावी गरे ।

 अध्यक्ष ढुंगेलले भने, हामीले बागमतीका सबै निर्वाचन क्षेत्रको एकसरो आँकलन गरेका छौँ । यसपटक हामीले उपत्यकाभित्रका १५ र अन्य १८ सहित ३३ सीटमध्ये १८ सीट जित्ने आँकलन गरेका छौँ । अरु एक दुई क्षेत्रमा तीब्र प्रतिस्पर्धाबाट हाम्रा उम्मेदवार जित्ने सम्भावना छ । अहिले म रामेछापमा छु र रामेछापमा पनि हामी जित्दैछौँ ।

एमालेले २०७९ को निर्वाचनमा बागमतीका ३३ सीतमध्ये ४ ठाउँमा मात्र जितेको थियो । काठमाडौँ ९ मा कृष्णगोपाल श्रेष्ठ, ललितपुर २ मा प्रेम महर्जन, काभ्रे २ मा गोकुल बास्कोटा र मकवानपुर २ मा महेश बर्तौलाले जितेका थिए । उनीहरुमध्ये यसपटक गोकुलले भने टिकट पाएनन् ।

अघिल्लो निर्वाचनमा गठबन्धनसँग प्रतिस्पर्धा गर्दा र पार्टी विभाजनको प्रभाव अलि बढी बागमतीमा परेकाले झिनो मतले केही क्षेत्रमा पराजय भोग्नुपरेको ढुंगेलले बताए । यसपटक एक्ला एक्लै प्रतिस्पर्धा गर्दा एमाले धेरै क्षेत्रमा मतका हिसाबले निकै अगाडि रहेको उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...