राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन



हाम्रो इकोनोमि

 

 

नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको बताएका छन् ।फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो दलले राष्ट्रिय स्वाधीनता रक्षा, सुशासन, समृद्धि र रोजगारीका मुद्दालाई प्रमुख एजेण्डाका रूपमा अघि सारेको बताए ।

एक भिडियो सन्देश जारी गर्दै पुनले मुलुकले सुशासन र समृद्धि खोजिरहेको तथा युवाहरूलाई रोजगारी आवश्यक रहेको बताएका छन् । मतदान गर्नुअघि राष्ट्रको स्वाधीनता र भविष्य, युवाको भविष्य, शहीदहरूको बलिदान र ऐतिहासिक सङ्घर्षहरूलाई स्मरण गर्न अपिल गरेका छन् ।

पार्टीले विगतमा सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा काम गरेको दाबी गर्दै उनले महिला, मजदुर, किसान, दलित, जनजाति, मधेसी तथा कर्णालीजस्ता पिछडिएका क्षेत्रका समुदायलाई राज्यको मूलधारमा ल्याउन आफूहरुले भूमिका खेलेको बताए ।

‘देश निर्वाचनमा होमिएको छ । राष्ट्रिय स्वाधीनमा संकटमा छ । देशले सुशासन खोजेको छ, समृद्धि खोजेको छ । युवाहरूलाई रोजगारी आवश्यक छ ।

राष्ट्रिय स्वाधीनताकाको रक्षा, सुशासन र देशको समृद्धिका लागि विगतदेखि काम गर्दै आएको नेपाली कम्युनिस्ट पार्टी र यसका उम्मेदवारहरूलाई आगामी निर्वाचनमा तारा चिन्हमा मतदान गरी विजयी गराई आम नेपाली जनताले युवाहरूले आफ्नो राष्ट्रभक्ति, देशभक्ति, स्वाधीनता र सुशासनको प्रतिबद्धतालाई व्यक्त गर्नुपर्ने छ’, पुनले भनेका छन् । पार्टी र नेताहरू कमजोरीरहित नभए पनि विगतका सीमाहरू सच्याउँदै पुनः जनताको सेवामा समर्पित हुने उनको भनाइ छ ।

संविधान र कानुनमार्फत सम्पत्तिमा महिलाको अधिकार, राजनीतिक सहभागिता र उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने पहल गरिएको उल्लेख गरे । हाल करिब ३० प्रतिशत महिलाहरू सम्पत्तिको मालिक बनेको र एकतिहाइ महिला राजनीतिक तथा सार्वजनिक क्षेत्रमा स्थापित भएको दाबी उनले गरे ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...