एमालेले दैशभरी चुनाव जित्छ : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आउनेहरुलाई आफूले मात्र मत दिएर नपुग्ने भएकोले आफ्नालाई पनि एमालेमा मत दिने बनाउन आग्रह गर्नुभएको छ । आफू र आफ्ना भए देशैभरी एमालेको विजयलाई कसैले रोक्न नसक्ने उहाँको भनाइ छ ।
सहकारीकर्मीहरुसँग गएराती भएको भेटघाटमा अध्यक्ष ओलीले आफ्नो मत दिन र आफ्नालाई मत दिलाउन सबै कार्यकर्ता लाग्नुपर्ने बताउनुभएको हो । ‘पहिला आफू प्रष्ट हुनुहोस , देशका लागि सम्झनुहोस । सूर्य चिन्हमा मत दिनुहोस ’ अध्यक्ष ओलीले भन्नुभयो ‘त्यसपछि आफन्त,छिमेकी सबैलाई सम्झाएर एमालेमा मत हाल्ने बनाउनुहोस । ‘मैले भेटेका धेरैजनाले हामी सहयोग गर्छौं भन्नुहुुन्छ’ ओलीले भन्नुभयो अहिले तपाईंहरुले दुईवटा सहयोग गर्नुपर्छ । एउटा आफ्नो मत दिने र अर्को आफ्नाहरुको मत दिलाउने । अध्यक्ष ओलीले आफूले मात्र मत दिएर नपुग्ने भएकोले शानदार विजयका लागि आफ्नाहरुको पनि मत दिलाउनु पर्ने बताउनुभएको छ ।
निर्वाचनका बेला सबै पेशा र व्यावशायका मानिसहरु आफ्नो ठाउँबाट पार्टीको तर्फमा जनमत बढाउन प्रयत्न गर्नुपर्ने बताउनुभएको छ । उहाँले झापा ५ मा आफ्नो पालामा भएका विकास निर्माणका काम नै निर्वाचन जित्ने प्रमुख आधार भएको बताउनुभएको छ । ‘हाम्रो सरकार हुँदा बजेट विनियोजन गरिएका यस क्षेत्रका केही सडकहरुको बजेट हामी सरकारबाट हटेपछि काटियो’ उहाँले भन्नुभयो ‘जसले गर्दा यस वर्ष हुनुपर्ने कामहरु ठप्पै भए । तर यो अवस्था लामो समय रहदैन । अध्यक्ष ओलीले सानो बचत र सानै लगानीले मानिसको आर्थिक अवस्थामा सुधार ल्याउन सकिन्छ भन्ने उद्धेश्यले सहकारी अभियान सुरु गरिएकोमा अहिले केही व्यक्तिले त्यसको व्यापक दुरुपयोग गरेको बताउनुभयो । जनताले गाँस काटेर बचत गरेको रकममा केही व्यक्तिले ठगी गरेका छन् । सहकारीहरु लुटिएका छन्’ अध्यक्ष ओलीले भन्नुभयो ‘आफ्नो सहकारीलाई पारदर्शी बनाउनुहोस ।
जनताको आर्थिक स्थिती उकास्न सहयोग पुग्ने गरी लगानी गर्नुहोस । ’ देशको अर्थतन्त्रको महत्वपूर्ण आधार नै सहकारी भएको उहाँको भनाइ छ । अध्यक्ष ओलीले राष्ट्रिय र स्थानीय विकासका एजेण्डालाई जनता माझ पुर्याउन पनि आग्रह् गर्नुभएको छ । ‘अहिले राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थिती पनि ठिक छैन ’ उहाँले भन्नुभयो ‘एमालेका विरुद्ध सबै एकजुट भएर लागेका छन् ।हामीले यस्ता सबै घेराबन्दी तोड्न एमाले सक्षम छ भनेर पुष्टि गर्नुपर्दछ ।


