९३ वर्षीय जगतमान श्रेष्ठको आशिर्वाद लिएर एमाले उम्मेदवार प्रकाश श्रेष्ठको घरदैलो अभियान सुरु



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा उम्मेदवार प्रकाश श्रेष्ठले ९३ वर्षीय जगतमान श्रेष्ठको आशिर्वाद लिएर घरदैलो कार्यक्रम सुरु गर्नुभएको छ । काठमाडौं महानगरपालिका–१६ सोर्हखुट्टेबाट अभियानको औपचारिक सुरुआत गरिएको हो । स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उहाँले आफ्ना योजना र प्राथमिकताबारे जानकारी गराउनुभयो ।

बागमती प्रदेशका निवर्तमान प्रदेशसभा सदस्य तथा पूर्वमन्त्रीसमेत रहनुभएका प्रकाश श्रेष्ठले विकास, सुशासन र जनउत्तरदायी राजनीति आफ्नो प्रमुख एजेन्डा रहेको बताउनुभयो । स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर काम गर्ने मेरो प्रतिबद्धता छ, उहाँले भन्नुभयो ।

यस अवसरमा जगतमान श्रेष्ठले उम्मेदवार प्रकाश श्रेष्ठप्रति विश्वास व्यक्त गर्दै भन्नुभयो, देश र समाजका लागि इमानदारीका साथ काम गर्ने नेतृत्व आवश्यक छ । जनताको दुःख–सुख बुझ्ने व्यक्तिलाई समर्थन गर्नुपर्छ भन्ने मेरो चाहना हो। प्रकाश श्रेष्ठले जनताको पक्षमा काम गर्ने विश्वास छ, सफलताको कामना गर्दछु ।

घरदैलो कार्यक्रमका क्रममा एमालेका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकको उल्लेखनीय उपस्थिति रहेको थियो । अभियान आगामी दिनमा क्षेत्रका विभिन्न वडामा निरन्तर सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...