एकजनाले चमत्कार गर्छ भन्ने कुरा मा मान्दिनँ : गगन थापा



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका सभापति गगन थापाले एक जना व्यक्तिले देशमा चमत्कार गर्नसक्छ भन्ने कुरामा आफूलाई विश्वास नभएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ का मतदातासँगको छलफलमा अहिलेको चुनावमा एजेन्डा छाडेर प्रधानमन्त्री को बन्ने भन्नेमा केन्द्रित भएको बताए ।

उनले भने, म सहमतिको राजनीतिमा विश्वास गर्छु। त्यसैले म एकजनाले चमत्कार गर्न सक्छ भन्ने कुरा मान्दिनँ। अहिले यसपालिको चुनाव चाहिँ दुर्भाग्य कस्तो भइदियो भने विषयवस्तुमा छलफल छैन, के गर्न खोजेको भन्ने कुरा छैन । को प्रधानमन्त्री बन्ने ? को कस्तो देखिने ? कसले कस्तो लाउने ? कसले कस्तो हिँड्ने ? भनेको जस्तो विषयवस्तु तिर गयो । जसले गर्दा हाम्रा छलफल, मुद्दाहरू सबै कुरा गौण बनेको छ । उनले अब निर्वाचनपछिको ५ वर्ष खेर फाल्नु छुट कसैलाई नभएको बताए ।

उनले थपे, यो ५ वर्ष नेपालले खेर फाल्नुहुँदैन । यो ५ वर्ष खेर फाल्यो भने त्यसपछि हामीसँग समय छैन । यो संविधानलाई राखेर यसभित्र मिलाउनुपर्ने, सच्याउनुपर्ने कुराहरू थुप्रैमा काम गर्नुपर्नेछ  । त्यसैले पाँच वर्ष मैले यहाँको प्रतिनिधि भएर जाने मौका पाउँदै गर्दा एमाले, नेकपा, रास्वपा सबैलाई मिलाएर, संविधानमा सबैको समझदारी बनाएर, संविधानको मूलभूत कुराहरू कायम राख्ने, तर बाँकी रहेका कुराहरूमा एउटा समझदारी बनाएर जाने मेरो प्रयास रहन्छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...