नेकपासँग तत्काल तालमेल हुँदैन : पीएस गुरुङ



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले तत्कालै नेकपासँग चुनावी तालमेलको सम्भावना नरहेको बताएका छन् । प्रेस चौतारीको साक्षात्कार कार्यक्रममा बोल्दै राजनीतिक विषयमा हुँदै हुँदैन भनेर ठोकुवा गर्न पनि नसकिने बताए ।

उनले भदौ २३ र २४ गतेको घटनालाई नेकपाले अहिलेसम्म प्रतिगमन नभनेको भन्दै अहिलेसम्म एउटै दृष्टिकोण नबनीसकेको बताए । उनले भने, ‘हामीले प्रतिगमन भनिरहेका छौँ । उहाँहरूले क्रान्तिकारी काम भन्नुभएको छ । उहाँहरू र हाम्रो राजनीतिक दृष्टिकोण उत्तर र दक्षिणको जस्तो छ। त्यसैले अहिले तालमेल सम्भावना देख्दिनँ ।

उनले लोकतान्त्रिक व्यवस्थाप्रति एमाले र कांग्रेसजति प्रतिबद्ध नेकपा नभएको उनको भनाइ छ । उनले अगाडि भने, ‘राजनीति भनेको असम्भवबाट सम्भव पनि हुन्छ । २/४ दिनमै कोर्स परिवर्तन पनि हुनसक्छ। हुँदै हुँदैन भनेर ठोकुवा गर्ने विषय होइन ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...