नेकपासँग तत्काल तालमेल हुँदैन : पीएस गुरुङ



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले तत्कालै नेकपासँग चुनावी तालमेलको सम्भावना नरहेको बताएका छन् । प्रेस चौतारीको साक्षात्कार कार्यक्रममा बोल्दै राजनीतिक विषयमा हुँदै हुँदैन भनेर ठोकुवा गर्न पनि नसकिने बताए ।

उनले भदौ २३ र २४ गतेको घटनालाई नेकपाले अहिलेसम्म प्रतिगमन नभनेको भन्दै अहिलेसम्म एउटै दृष्टिकोण नबनीसकेको बताए । उनले भने, ‘हामीले प्रतिगमन भनिरहेका छौँ । उहाँहरूले क्रान्तिकारी काम भन्नुभएको छ । उहाँहरू र हाम्रो राजनीतिक दृष्टिकोण उत्तर र दक्षिणको जस्तो छ। त्यसैले अहिले तालमेल सम्भावना देख्दिनँ ।

उनले लोकतान्त्रिक व्यवस्थाप्रति एमाले र कांग्रेसजति प्रतिबद्ध नेकपा नभएको उनको भनाइ छ । उनले अगाडि भने, ‘राजनीति भनेको असम्भवबाट सम्भव पनि हुन्छ । २/४ दिनमै कोर्स परिवर्तन पनि हुनसक्छ। हुँदै हुँदैन भनेर ठोकुवा गर्ने विषय होइन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...