म रहरले प्रधानमन्त्री भएको होइन : सुशीला



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन हुने बताएकी छन् । राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै जननिर्वाचित सरकारलाई सत्ता सुम्पन आफू आतुर रहेको बताइन् ।

उनले आफू रहरले प्रधानमन्त्री नभएको भन्दै परिस्थितिले जिम्मेवारीमा ल्याएको बताएकी छन् । कार्कीले भनिन्, म कुनै शासकीय आकांक्षा बोकेर पदको लोभमा प्रधानमन्त्री भएको होइन। बिथोलिएको संवैधानिक व्यवस्थालाई ट्र्याकमा ल्याउन र देशलाई सङ्कटबाट बचाउनको लागि विषम परिस्थितिमा प्रधानमन्त्रीको जिम्मेवारी लिएको हुँ ।

उनले उम्मेदवारी दर्ता भइसकेको भन्दै राज्यको स्रोत साधन निर्वाचनमा केन्द्रित भएको बताइन् । उनले भनिन्, आन्दोलनमा लुटिएका हतियारमध्ये अधिकांश बरामद भइसकेको र सुरक्षाको पूर्ण प्रत्याभूति गराइएको छ । एकीकृत निर्वाचन सुरक्षा स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ । उनले निर्वाचन आचारसंहिता पालन गरी आगामी निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउने वातावरण बनाउन आह्वान गरिन् ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...