पत्रकार सिटौलाको शव पोस्टमार्टम गरिँदै



हाम्रो इकोनोमि

 

 

उपचारका क्रममा निधन भएका पत्रकार दिनेश सिटौलाको शवको पोस्टमार्टम गरिने भएको छ । अन्त्येष्टिपूर्व पोस्टमार्टम गर्न प्रहरीको सुझावपछि परिवार राजी भएका छन् । ग्राण्डीबाट पोस्टमार्टमका लागि सिटौलाको शव टिचिङ अस्पतालतर्फ लगिएको छ ।

अस्पतालले ब्रेन ह्यामरेजका कारण सिटौलाको निधन भएको बताएको छ । परिवारका सदस्यहरूले सुरूमा अस्पतालले आधिकारिक बयान दिइसकेकाले पोस्टमार्टम नगराउने अडान लिएका थिए । तर, डीएसपी नवराज पोखरेलले पछि कुनै कानूनी प्रक्रियामा जानुपर्ने अवस्था आयो भने पोस्टमार्टम रिपोर्ट चाहिने भन्दै परिवारलाई कन्भिन्स्ड गरेका थिए ।

सिटौला रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको टोलीमा रहेर अछाम गएका पत्रकार सिटौला अचानक बेहोस भएर ढलेपछि काठमाडौं ल्याइएको थियो । भेन्टिलेटरमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार आउन सकेन । आज उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...