पत्रकार सिटौलाको शव पोस्टमार्टम गरिँदै



हाम्रो इकोनोमि

 

 

उपचारका क्रममा निधन भएका पत्रकार दिनेश सिटौलाको शवको पोस्टमार्टम गरिने भएको छ । अन्त्येष्टिपूर्व पोस्टमार्टम गर्न प्रहरीको सुझावपछि परिवार राजी भएका छन् । ग्राण्डीबाट पोस्टमार्टमका लागि सिटौलाको शव टिचिङ अस्पतालतर्फ लगिएको छ ।

अस्पतालले ब्रेन ह्यामरेजका कारण सिटौलाको निधन भएको बताएको छ । परिवारका सदस्यहरूले सुरूमा अस्पतालले आधिकारिक बयान दिइसकेकाले पोस्टमार्टम नगराउने अडान लिएका थिए । तर, डीएसपी नवराज पोखरेलले पछि कुनै कानूनी प्रक्रियामा जानुपर्ने अवस्था आयो भने पोस्टमार्टम रिपोर्ट चाहिने भन्दै परिवारलाई कन्भिन्स्ड गरेका थिए ।

सिटौला रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको टोलीमा रहेर अछाम गएका पत्रकार सिटौला अचानक बेहोस भएर ढलेपछि काठमाडौं ल्याइएको थियो । भेन्टिलेटरमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार आउन सकेन । आज उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...