आशिका तामाङसँग चन्दा माग्दै माओवादी



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा उम्मेदवार बनेकी आशिका तामाङलाई चन्दा माग गर्दै धम्की दिइएको छ ।तामाङसँग पैसा माग्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का नाममा धम्की दिइएको हो ।

चन्दा नदिए असहयोग गर्ने चेतावनी पनि दिइएको छ । १५ माघको मिति राखिएको पत्रमा लेखिएको छ, हामी स्पष्ट गर्न चाहन्छौं नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त गर्न महान सशस्त्र जनविद्रोहको माध्यमबाट अगाडी बढिरहेका छौँ ।

इतिहासले माग गरेको परिवर्तनकारी आन्दोलनका लागि हामीले सञ्चालन गरेको विशेष मार्थिक अभियानलाई आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौं । सहयोगको लागि धन्यवाद !’ तामाङले आफू र आफ्नो टोलीमाथि आएको धम्कीबारे प्रहरीमा उजुरी गर्ने तयारी गरेको बताएकी छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...