६ महिनामा वीरगन्ज हुँदै ७ अर्ब ६४ करोडको दलहन भित्रियो



हाम्रो इकोनोमि

 

 

वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ७ अर्ब ६४ करोड मूल्य पर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ । गत आर्थिक वर्षको छ महिनामा १ अर्ब ८० करोड बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा ३१ प्रतिशतले आयात बढेको बताए । जबकि गत आवको छ महिनामा भने सात थरिका दलहन खाद्यान्न ५ अर्ब ८३ करोडको आयात भएको थियो । चालु आवको छ महिनामा ३ अर्ब ८२ करोडको मुसुरो दाल आयात भएको छ ।

त्यस्तै, सोही अवधिमा १अर्ब १७ करोड मूल्य पर्ने सिमी/राज्मा आयात भएको छ । चालु आवको छ महिनामा १ अर्ब १४ करोड मूल्यको चना आयात भएको छ । त्यसैगरी, १ अर्ब मूल्यको अन्य गेडागुडी आयात भएको छ । २७ करोडबराबर रहरको दाल र १६ करोड मूल्यको केराउ आयात भएको छ भने ५ करोड १० लाख मूल्यका बकुल्लाको आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...