नेकपा (एमाले)को वडास्तरिय चुनावी अभियान तिव्र



हाम्रो इकोनोमि

 

 

 

नेकपा (एमाले) ले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै वडास्तरिय चुनावी अभियानलाई तिव्र बनाउदैं लगेको छ । बिहिवार सामुदायिक भवनको सभाहल ईमाडोलमा नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा ललितपुर ईन्चार्ज हरिकृष्ण व्यञ्जनकारले वडा नं १ ज्ञानु खड्काको संयोजकत्वमा २५५ सदस्ययिय निर्वाचन परिचालन कमिटि घोषणा गरेपश्पचात अन्य वडामा पनि चुनावी अभियानलाई तिव्र बनाउदैं लग्ने जानकारी दिनुभयो । ललितपुर-२ नं क्षेत्र निर्वाचन कमिटिका कमाण्डरसमेत रहनुभएका व्यञ्जनकारले सुशिला कार्की नेतृत्वको सरकारले भ्रष्टाचार अन्त्य र सुशासनको नारा लगाएपनि व्यक्तिगत निजी सम्पतिको पारदर्सिता सार्वजनिक नगरेको बताउनु भयो ।

‘पहिलाको सरकारको पालामा सरकारी अहोदामा बस्ने सरकार हाक्ने प्रधानमन्त्री मन्त्रीदेखि तल्लो तहको कर्मचारीकोसमेत सम्पति छानविन हुन्थ्यो, अहिले कस्ले छानविन गर्छ ? ‘ उहाँले प्रतिप्रश्न गर्नुभयो ‘भ्रष्टाचार उन्मुलन गर्नेखालको पारदर्सिता देखाएर नैतिकता प्रदर्सन नगरेको गुनासो गर्नुभयो ।

ललितपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा उमेद्वार प्रेमबहादुर महर्जनले यहाँको खानेपानीको समस्यालाई सदनमा कुरा उठाएर मन्त्रालयमा फाईल पेश भएको र कानुनी झण्झटलाई चिर्दै प्रक्रियामा रहेकाले खानेपानी ल्याउने प्रतिवद्वता जनाउनु भयो । पूर्व संघिय सांसदसमेत रहनु भएका उम्मेद्वार महर्जनले बाढीपहिरो देखि ग्वार्को खोलामा परेको बजेट कार्यान्वयनमा लैजान अर्थमन्त्रालयले बजेट रोकेका कारण अगाडि नवढेको बताउदैं चुनाव जितेर पूरा गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । उहाँले चुनाव जितेर आए दुई बर्षमा सुरू गरेका र बाकि रहेका सबै विकास निर्माणका कामलाई पूरा गर्ने दावी गर्नुभयो ।

एमालेकै अर्का यूवा केन्द्रीय सदस्य समिक बडालले सामाजिक सञ्जालमा कलिला मस्तिष्कमा भ्रम सिर्जना गर्ने तत्वले एमालेका विरुद्व भ्रम छर्नेगरेको आत्महत्या गर्नेसम्मका अवस्थामा पुर्याउने दुषित मनषाय राख्ने गरेको भन्दै यस्लाई रोक्न यूवा सञ्जाललाई सञ्चालन गर्ने तयारी भईरहेको जानकारी गराउनु भयो । अनेरास्वियूका पूर्व अध्यक्षसमेत रहनुभएका बडालले एमालेका यूवा र महिला पङ्गती जुर्मुरायोभने दुष्ट तत्वहरूलाई जरैदेखि परास्त गरेर नेपालमा बास पनि नरहनेगरीको अवस्था आउने चेतावनीसमेत दिनुभयो ।

कमिटिले २१ फागुनमा हुने निर्वाचनका लागि प्रत्येक वडामा कमाण्डरको नेतृत्वमा जम्बो टोली गठन गर्ने छ । सो टोली घोषणापत्र र नारा लिएर नागरिकका घरआगनमा पुग्ने छ । यस्का लागि आर्थिक उपसमितिदेखि महिला र प्रचारप्रसार समिति खडा गरिएका छन् । ललितपुर क्षेत्र नं २ अन्तर्गत महालक्ष्मी नगरपालिकाका १० वडा र महानगरका ७ ८ ९ ११ १२ १३ १६ १७ १८ वडा पर्दछन् । कार्यक्रममा महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ, वडा अध्यक्ष अध्यक्ष छिरिङ्ग लामा, महालक्ष्मी नगर कमिटिका अध्यक्ष नकुल थापालगायतले चुनावी गतिविधिका विषयमा बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

     प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् ।...

नेकपासँग तत्काल तालमेल हुँदैन : पीएस गुरुङ

    नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले तत्कालै नेकपासँग चुनावी तालमेलको सम्भावना नरहेको...

६ प्रकारका सरकारी कागजात देखाएर मतदान गर्न पाइने

    निर्वाचन आयोगले सरकारी कागजातमध्ये कुनै एउटा भएको खण्डमा मतदान गर्न पाइने...

म रहरले प्रधानमन्त्री भएको होइन : सुशीला

    प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन...