चुनावी गठबन्धन नगर्नेले एकताको जाली कुरा गरे : विप्लव



हाम्रो इकोनोमि

 

 

नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले चुनावी गठबन्धन गर्नसमेत प्रचण्ड तयार नभएको बताएका छन् । पार्टी एकताको लागि आफूले प्रयास गर्दा पनि विप्लव तयार नभएको भन्दै प्रचण्डले अभिव्यक्ति दिएको भोलिपल्ट विप्लवको यस्तो टिप्पणी आएको हो ।

‘आज चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दा गर्दा थोत्रो भइसकेको काम नलाग्ने जालझेलको बासी र असफल हुइयाँ मात्र  हो‌, प्रचण्डलाई संकेत गर्दै सामाजिक सञ्जालमा विप्लवले लेखेका छन्, ‘यस्तो भ्रममा विचार मरेका, आँत सडेका, आश गुमाएका र आफ्नै इतिहासले चेपट्टीएका हुतिहारा मात्र पर्छन् ।

विप्लव नेतृत्वको पार्टी नेकपा माओवादी परित्याग गरेका चिरञ्जीवी ढकालसहितका केही नेतालाई नेपाली कम्युनिष्ट पार्टीमा भित्र्याउने क्रममा प्रचण्डले विप्लवलक्षित प्रतिक्रिया दिएका थिए । जेन्जी आन्दोलनपछि विप्लव राजनीतिक रूपमा ठूलो तुहिँलोभित्र हराएको टिप्पणी गर्दै प्रचण्डले इतिहासमा विरलै प्राप्त हुने अवसर विप्लवले गुमाएको बताएका थिए ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विप्लवले रोल्पाबाट उम्मेदवार बन्ने तयारी गरेका थिए । तर, रोल्पाबाट माओवादीले वर्षमान पुन अनन्तलाई उम्मेदवार बनायो ।

यसअघि विप्लव नेतृत्वको माओवादी पार्टीको स्थायी समिति बैठकले पार्टीको माथिल्लो तहमा रहेका नेताहरू निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको थियो । आफू उम्मेदवार बन्न लागेको क्षेत्रमा माओवादी गठबन्धन गर्नसमेत तयार नभएको संकेत गर्दै बुधबार विप्लवले प्रचण्डलाई जवाफ फर्काएका हुन् ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...