म फेरि सभापति बन्छु : गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५ औँ महाधिवेशनबाट पनि आफू नै सभापति बन्ने बताएका छन् । सर्लाही बलरा नगरपालिकामा अगुवा कार्यकर्तासँग भेटघाटमा बोल्दै आफू अहिले विशेष महाधिवेशनबाट भर्खरै मात्रै सभापति भएको बताए ।
उनले भने, म भाग्ने मान्छे होइन, म कांग्रेसको सभापति बल्ल बनेको छु । महाधिवेशन आउँदै छ फेरि बन्नुछ, त्यसपछि केही समय क्रियाशील राजनीतिमा रहनेछु ।
उनले आफू मधेशको छोरा बनेर सर्लाही ४ मा आएको समेत बताए । उनले आफूलाई काठमाडौं ४ का जनताले त्यहीबाट चुनाव लड्न आग्रह गरेको भन्दै अर्को चुनावमा सर्लाही ४ का मतदाताले पनि त्यतै भन्ने परिस्थिति बनाउने जिकिर गरे ।


