लैङ्गिक न्यायमूलक पत्रकारिता सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न
लैङ्गिक न्यायपुर्ण समाज निमार्णको लागि पत्रकार र मिडियाको भुमिका प्रबद्र्धन गर्ने मुललक्ष्यका साथ ललितपुरमा लैङ्गिक न्यायमूलक पत्रकारितासम्बन्धी एक दिने कार्यशाला सम्पन्न गरिएको छ । कार्यशाला काठमाडौँ , भक्तपुर र ललितपुर शाखाका पत्रकार महासंघका प्रतिनिधि, राष्ट्रिय तहमा लैङ्गिक समानताका क्षेत्रका सक्रिय रुपमा कार्यरत संचारकर्मीहरु गरी जम्मा ४५ जनाको सक्रिय सहभागितामा सम्पन्न गरिएको हो ।
कार्यशालाको मुख्य उद्देश्य सञ्चार क्षेत्रलाई लैङ्गिक रूपान्तरण पद्धतिलाई बढावा दिदै लैङ्गिक न्याय तथा समावेशी रिपोर्टिङका लागि थप संवेदनशील बनाउनु, लैङ्गिक हिंसा पीडित तथा प्रभावित केन्द्रित दृष्टिकोण प्रबद्र्धन गर्नु, र महिला अधिकार, बालअधिकार, अपांगताभएका व्यक्तिहरुको अधिकार संरक्षण साथै लैङ्गिक हिंसाको विरुद्ध तथा अन्य हानिकारक सामाजिक मुल्यमान्यता र अभ्यासहरूको अन्त्यका लागि सञ्चार क्षेत्रको संलग्नता तथा जवाफदेहिता बढाउनु
हो ।
सुरक्षा र न्याय कार्यक्रम बेलायत सरकारको आर्थिक सहयोग र पिपुल इन नीड नेपालको नेतृत्वमा दिव्य विकास श्रोत केन्द्र, पर्सा पर्सा र हामी दाजुभाइले संघिय तह तथा मधेश प्रदेशमा लैङ्गिक विभेदमा आधारित हिंसालाई रोकथाम र प्रतिकार्य गर्न विभिन्न क्रियाकलापहरू समुदायस्तरमा सञ्चालन गरिरहेको छ ।
कार्यक्रमले समुदायिक रूपान्तरणको लागि प्रमुख भुमिका खेल्ने सञ्चार जगतलाई लैंगिक हिंसाको सवालमा न्यायकेंद्रित रिपोर्टिङ, संवेदनशील र पीडित तथा प्रभावित केन्द्रित समाचार लेखनतर्फ अग्रसर गराउन मद्दत पु¥याउने अपेक्षा लिइएको छ । कार्यशालामा लैङ्गिकता सम्बन्धी अवधारणा, डिजिटल पत्रकारिता, गलत सूचना प्रचारमा रोकथाम, प्रभावितको गोपनियता र सुरक्षा सुनिश्चित गर्ने प्रक्रिया, पत्रकारको आचार संहिता र सकारात्मक परिवर्तन ल्याउन मिडियाको भूमिकाबारे वृहत्तर छलफल गरिएको छ । कार्यक्रममा सुरक्षा र न्याय कार्यक्रमका पाँच मुख्य पैरवीका सन्देशहरूमा विशेष जोड दिईएको थियो ।
पाँच मुख्य सन्देशहरूमाः
१ छोरीलाई महत्व दिऔं,छोरीलाई बोझको रुपमा हेर्ने सोचलाई परिवर्तन गरौं, महत्वपूर्ण व्यक्तिको रुपमा सन्तानको रुपमा हेरौं ।
२ किशोर किशोरीको विवाह ढिलो गर्नाले उनीहरुलाई पढाई पूरा गर्न, आम्दानीको अवसरहरु पाउन सहयोग अनि समय पुग्दछ ।
३ माया गर्नेले कहिलेकाँही कुट्छ, पिट्छ भन्नू गलत हो । माया गर्नेले कहिल्यै पनि हिंसा गर्दैन् ।
४ स्वस्थ सम्बन्धले परिवार खुसी बनाउँछ । आपसी संवादले आपसी सम्मान बढ्छ ।
५ हिंसाको रिपोर्ट गर्नु महत्वपूर्ण छ । हिंसाको रिपोर्ट गर्नु भनेको अरुलाई हिंसा हुनबाट जोगाउनु हो । हिंसाको रिपोर्ट नगर्नु हिंसा गर्नेलाई बढावा दिनु हो ।
कार्यशालाको सहजिकरण सार्वजनिक सेवा प्रसारण नेपालका नायव महाप्रबन्धक तथा लैङ्गिक विश्लेषक आरती चटौतले गर्नुभएको थियो । साथै अनलाइन खबरमा कार्यरत सुमित्रा लुइँटेलले पत्रकार आचार संहिता तथा लैङ्गिक न्याय प्रबद्र्धनमा संचारकर्मीको भुमिका सम्बन्धी प्रस्तुतीकरण दिनुभएको थियो।
हामीदाजुभाइका महासचिव अशोक सिवाकोटीले कार्यक्रमको सुरुवात गर्दै उद्देश्यमा प्रकाश पार्नुभएको थियो भने पिपुल इन निड नेपालका लैङ्गिक समानता, अपाङ्गता तथा समाजिक समावेशीकरण र संरक्षक संयोजक निर्मला केसीले सुरक्षा र न्याय कार्यक्रमको बारेमा विस्तृत जानकारी दिनुभएको थियो ।
यस कार्यशालाले मिडियालाई महिला अधिकार, बालअधिकार, अपांगता भएका व्यक्तिहरुको अधिकार संरक्षण साथै लैङ्गिक हिंसाको विरुद्ध तथा अन्य हानिकारक सामाजिक मुल्यमान्यता र अभ्यासहरूको उजागरमा जिम्मेवार, न्यायकेन्द्रित र समावेशी दृष्टिकोण अपनाउन प्रेरित गरेको छ । कार्यशालापश्चात छनौट भएको केहि संचारकर्मीहरुलाई जना पत्रकारहरू लैङ्गिक समानता र लैङ्गिक तथा सामाजिक रूपान्तरणको लागि फेलोसिपको रुपमा काम गर्न अवसर पाउनेछन् ।



