बालेनलाई पहिलो चरणमै प्रधानमन्त्री बनाउन तयार भए रवि



हाम्रो इकोनोमि

 

 

रास्वपा सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन शाहबीच जारी छलफललाई पूर्णता दिन सहकर्मीहरु सक्रिय भएका छन् । रवि र बालेनबीच दुई चरण वार्ता गराएका असीम शाह, आसिफ शाह र कुमार बेनले विस्तृत सहमतिको खाका तयार पार्नेगरी अर्को छलफलको गृहकार्य थालेका हुन् ।
निकट स्रोतले दिएको जानकारी अनुसार आज शुक्रबार रातिसम्म संवादले अन्तिम टुंगो पाउने छ ।

तत्कालै पार्टी एकता वा सहकार्यको घोषणा हुने उनीहरुले बताएका छन् । निकटस्थहरुले बताएअनुसार, अब एकीकृत पार्टीमा बालेनको बरियता रविको भन्दा ठीक मुन्तिर हुनेछ । अनि बालेनलाई पहिलो चरणमै प्रधानमन्त्री बनाउने पुरानो प्रतिबद्धतामा रवि कायम भएका छन् । निकटस्थहरुले यसै बुँदामा आधारभूत सहमति हुने ठोकुवा गरेका छन् ।

रविसँग यसअघिका छलफल टुंगोमा पुग्ने संकेत नपाएपछि बालेनले आफ्ना साथी कुमार बेनको ज्वागल निवासमा आफूनिकट देश विकास पार्टीका लागि समर्थन माग्दै भेटघाट तीव्र पारेका थिए । ७ पुसको राति कमलपोखरीमा चलेको छलफलमा उठेका विषयलाई रविले बाहिर भिन्नै तरिकाले प्रस्तुत गरिदिएको भन्दै बालेन बिच्केका थिए । उनले अब देशविकास पार्टीको ब्यानरमा आफू अघि बढ्ने भन्दै सल्लाह, परामर्श लिन थालेपछि रवि झस्केका थिए ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...