क्रिकेटर मिनष थापाको दुर्घटनामा मृत्यु



हाम्रो इकोनोमि

 

 

मोटरसाइकल दुर्घटना हुँदा क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । विराटनगर निवासी २७ वर्षीय थापाको बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएको हो । विराटनगर–४ स्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । थापाको असामयिक निधनले घरपरिवारसँगै नेपाली क्रिकेटप्रेमी शोकमा डुबेका छन् ।

थापाको निधनप्रति नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले गहिरो दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै थापालाई कोशी प्रदेशको एक ‘कुशल तथा अत्यन्त प्रतिभाशाली’ खेलाडीको रूपमा स्मरण गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जान्छौँ : विप्लव

    नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरूले अघि सारेको १३ बुँदे...

आफ्नै दल बनाउने बालेनको योजना, रविको नेतृत्व नस्वीकार्ने

    काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक सक्रियता बढाएका छन् । आफ्नै...

लेखकलाई आयोगले बोलायो, देउवासँग परामर्श लिँदै

    जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक...

एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...