क्रिकेटर मिनष थापाको दुर्घटनामा मृत्यु



हाम्रो इकोनोमि

 

 

मोटरसाइकल दुर्घटना हुँदा क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । विराटनगर निवासी २७ वर्षीय थापाको बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएको हो । विराटनगर–४ स्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । थापाको असामयिक निधनले घरपरिवारसँगै नेपाली क्रिकेटप्रेमी शोकमा डुबेका छन् ।

थापाको निधनप्रति नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले गहिरो दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै थापालाई कोशी प्रदेशको एक ‘कुशल तथा अत्यन्त प्रतिभाशाली’ खेलाडीको रूपमा स्मरण गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...