केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे



हाम्रो इकोनोमि

 

 

एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि पर्याप्त मत अभावमा जित्न सकेनन् । उनले महासचिवमा ९९९ र केन्द्रीय सदस्यमा ९६१ मत पाएका थिए । केन्द्रीय सदस्यमा जित्न १११५ भन्दा बढी मत चाहिन्थ्यो ।

महासचिव जितेका पोखरेलले १२२८ मत ल्याए । यदि उनले केन्द्रीय सदस्य जितेको भए स्थायी कमिटी सदस्यका रूपमा पार्टी काम गर्थे । तर, त्यस्तो सम्भावना न्यून छ । एमालेको विधान अनुसार केन्द्रीय सदस्य पदमा मनोनीतको व्यवस्था छ । यद्यपि उनी मनोनीत भएर केन्द्रीय कमिटी सदस्य हुने चाहना नभएको बताउँछन् ।

महासचिवमा प्रतिस्पर्धा गरेको हुँ, साथीहरूले दिनुभएको मतमा सन्तुष्ट छु उनले भने । यद्यपि मनोनीतबाट केन्द्रीय सदस्यको रुचि नरहेको बताए । भने, म ग्रासरुटमा पार्टी काम गरेर आएको हुँ, फेरि पनि मैदानमै डट्छु, मलाई मनोनीत गर्नुपर्दैन ।

उनले आफूले पाएको मतले पद जित्न नसके पनि देशभरका प्रतिनिधिको मन जित्नुलाई आफ्नो सफलता मानेको बताए । म पार्टीको सही नीति, विचार र कार्यक्रममा उत्तिकै दृढतापूर्वक उभिन्छु, गलत कुराको प्रतिवाद गरिरहनेछु’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...