एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु



हाम्रो इकोनोमि

 

नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने क्रममा रहेको छ । शनिबार भक्तपुरको सल्लाघारीमा भव्य उद्घाटन भएको महाधिवेशनको मुख्य कार्यसत्र आइतबार भृकुटीमण्डपमा सुरु हुन लागेको हो । बिहानैदेखि प्रतिनिधिहरूको चहलपहल बढेको छ भने हल वरिपरि उत्साह र व्यस्तता छाइरहेको छ । महाधिवेशनमा देशभरबाट निर्वाचित र मनोनित गरी कुल २ हजार २ सय ६२ जना प्रतिनिधि सहभागी छन् । बिहान ९ बजेदेखि केन्द्रीय कमिटीको अन्तिम बैठक सकिएपछि बन्दसत्र दिउँसो साढे १२ बजे सुरु हुने तयारी छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । यसपछि समूह छलफल र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ । महाधिवेशन सोमवार समापन हुने गरी नयाँ केन्द्रिय कमिटी र पदाधिकारी चयन गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...