प्रचण्डदेखि कमल थापासम्मलाई एमाले महाधिवेशनको निम्तो



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले आफ्नो आसन्न महाधिवेशनको उद्घाटन समारोहमा विघठित संसदमा प्रतिनिधित्व गर्नेसहित १६ दललाई निम्तो दिने भएको छ । नयाँ खुलेका दलहरुलाई भने एमालेले बोलाउने छैन । यसअघिको सत्ता सहयात्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एमाले नेताहरुले उनको निवासमै गएर आज निमन्त्रणा गरे । आजै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेर निम्तो दिइने एक नेताले बताए ।

विघठित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सबै दलहरुलाई बोलाइने भएको छ । जसअनुसार कांग्रेस, रास्वपा, राप्रपा, दुई जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलाई निम्त्याइने भएको छ । रास्वपाका सभापति रवि लामिछाने कारागारमा रहेकाले कार्यवाहक सभापति डिपी अर्याललाई निम्तो गरिने छ । विघठित प्रतिनिधिसभामा नभएका मध्ये राप्रपा नेपालका अध्यक्ष कमल थापाले निम्तो पाउनेछन् ।

यस्तै, नेत्रविक्रम चन्द विप्लव, मोहन वैद्यको क्रान्तिकारी कम्युनिष्ट पार्टीलाई बोलाइने ती नेताले जानकारी दिए । नयाँ खुलेका दलहरुलाई भने एमालेले बोलाउने छैन । कुलमान नेतृत्वको उज्यालो नेपाल, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति, जनार्दन शर्माको प्रगतिशील नागरिक पार्टीलगायतलाई निम्ता गर्ने तयारी नरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...

पदाधिकारी थप्ने प्रयासमा ओली, ईश्वरलाई वरिष्ठ उपाध्यक्षकै जिम्मेवारी दिने तयारी

    ११औँ राष्ट्रिय महाधिवेशनको संघारमा रहेको नेकपा (एमाले) भित्र आगामी नेतृत्वको रस्साकस्सी...

एमालेले देउवालाई दियो महाधिवेशनको निम्तो

    नेकपा एमालेले आगामी शनिबार हुने पार्टी महाधिवेशनको उद्घाटन समारोहमा अतिथिका रुपमा...

एमालेको ११ औँ महाधिवेशनमा २ हजार २ सय ६२ प्रतिनिधि हुने

     नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक गर्ने काम...