प्रचण्डदेखि कमल थापासम्मलाई एमाले महाधिवेशनको निम्तो



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले आफ्नो आसन्न महाधिवेशनको उद्घाटन समारोहमा विघठित संसदमा प्रतिनिधित्व गर्नेसहित १६ दललाई निम्तो दिने भएको छ । नयाँ खुलेका दलहरुलाई भने एमालेले बोलाउने छैन । यसअघिको सत्ता सहयात्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एमाले नेताहरुले उनको निवासमै गएर आज निमन्त्रणा गरे । आजै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेर निम्तो दिइने एक नेताले बताए ।

विघठित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सबै दलहरुलाई बोलाइने भएको छ । जसअनुसार कांग्रेस, रास्वपा, राप्रपा, दुई जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलाई निम्त्याइने भएको छ । रास्वपाका सभापति रवि लामिछाने कारागारमा रहेकाले कार्यवाहक सभापति डिपी अर्याललाई निम्तो गरिने छ । विघठित प्रतिनिधिसभामा नभएका मध्ये राप्रपा नेपालका अध्यक्ष कमल थापाले निम्तो पाउनेछन् ।

यस्तै, नेत्रविक्रम चन्द विप्लव, मोहन वैद्यको क्रान्तिकारी कम्युनिष्ट पार्टीलाई बोलाइने ती नेताले जानकारी दिए । नयाँ खुलेका दलहरुलाई भने एमालेले बोलाउने छैन । कुलमान नेतृत्वको उज्यालो नेपाल, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति, जनार्दन शर्माको प्रगतिशील नागरिक पार्टीलगायतलाई निम्ता गर्ने तयारी नरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...