प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फको उम्मेदवारका लागि आजदेखि आवेदन खुलाएको छ । उम्मेदवार छनौट समितिका संयोजक विपीनकुमार आचार्यले एक सार्वजनिक सूचनामार्फत आन्तरिक उम्मेदवार छनौट प्रक्रियामा सहभागी हुन इच्छुक योग्यता पुगेका पार्टी सदस्यका लागि आवेदन खुल्ला गरेको जनाएका छन् ।

पार्टीको मोबाइल एपबाट आवेदन मागिएको छ आवेदन शुल्क २५ हजार तोकिएको छ । रास्वपाले समानुपातिकको उम्मेदवारका लागि भने ५० हजार शुल्क निर्धारण गरेको छ ।

आर्थिक अभावले आवेदन शुल्क तिर्न नसक्ने अवस्थामा विपन्नताको परिचय पत्र, पार्टीको पालिका समितिको सिफारिस पत्र साथमा पेश गर्न भनिएको छ । रास्वपाले विहीबार एक सूचनामार्फत् समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोट प्रक्रिया सुरू गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

जनार्दनलाई आफ्नै जिल्लामा कालो झण्डा

    नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि...